८ वर्षीय दाइले दुई वर्षीय भाइको शव बोकेर गाडी पर्खिरहेको तस्विरले संसारलाई भाबुक बनायो

एजेन्सी । छिमेकी मुलुक भारतको मध्य प्रदेशको मोरेनामा एक बालक र उनको काखँमा रहेको शवको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

ती हुन् भारतको मध्य प्रदेशको मोरेनाको एक गाउँका आठ वर्षीय बालक गुलशन र उनका दुई वर्षीय मृत भाइ।त्यहाँको गरिब परिवारमा जन्मिएका ती दुई वर्षीय बालकको त्यहाँको एक अस्पतालमा निधन हुन्छ।

मृत्युपछि उनका बुवा पूजाराम जाटवले छोरालाई अस्पतालबाट गाउँ लैजान गाडीको कुरा गर्दा अस्पतालका कर्मचारीले मान्दैनन्।

पूजारामका अनुसार कुनैपनि सवारी साधन नभएको भन्दै बाहिरबाटै मिलाउन सकिने अस्पतालले निर्देशन दिन्छ। त्यही क्रममा पूजारामले बाहिर उभिरहेका एम्बुलेन्ससँग कुरा गर्दा उनीहरुसँग १५ सय रुपैयाँसम्म मागेका थिए।

कम पैसामा घरसम्म जान अन्य गाडीले मान्दैन र ती बुवाले आफ्नो कान्छो छोराको शव आफ्नो आठ वर्षीय जेठा छोरा गुलशनको काखमा थामाएर नेहरु पार्कमा राखेर आफू सस्तो गाडीको खोजीमा लाग्छन्।

यो घटनाको भिडियो भाइरल भएपछि राज्यको विपक्षी दल कांग्रेसले सत्तारुढ भारतीय जनता पार्टीमाथि आलोचना गरेको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post