प्रचण्ड र राजेश हमालबीच भेटवार्ता भयो यस्तो गोप्य सम्झौता

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न हमाल आज बिहान खुमल टारस्थित निवास पुगेका थिए ।

चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधूप चलिरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।

भेटमा सहभागी संगीतकार चेतन सापकोटाले भने समसामयिक राजनीतिक, नेपाली चलचित्र क्षेत्रका समस्या र समाधानका उपाय लगायतका विषयमा कुराकानी भएको जानकारी दिए ।

भेटको चाँजोपाँजो सापकोटाले नै मिलाएका थिए । एकछिन सामूहिक भेटवार्ता भएपछि पछि प्रचण्ड र राजेश हमालमात्र बसेर छलफल गरेको सापकोटाले बताए ।

स्थानीय तह निर्वाचन अगाडि हमालको एक भिडियो सार्वजनिक भएको थियो, जसमा उनले काठमाडौं महानगरपालिकाको मेयर बन्ने आशय व्यक्त गरेका थिए ।

Post a Comment

Previous Post Next Post