तनहुँमा स्कुल बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार युवाको मृत्यु !

तनहुँको व्यास नगरपालिका–११ शेरामा स्कुल बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

घाँसीकुवाबाट फराकचौरतर्फ जाँदै गरेको माया युनिभर्स एकेडेमी स्कुलको ग१क २६८३ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको ग१५प ६५०४ नंको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परि मोटरसाइकलमा सवार व्यास नगरपालिका–११ बेल्टारी बस्ने २३ वर्षीय विक्रम सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय सुजन सुनार घाइते भएको प्रहरीले जानकारी दिएको छ। उनको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको बताइएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Post a Comment

Previous Post Next Post