बालुवाटारमा गभर्नर विरुद्ध प्रदर्शन गर्ने विद्यार्थीमाथि र प्रहरीबिच झ'डप

गभर्नर महाप्रसाद अधिकारी विरुद्ध काठमाडौँ को बालु वाटारमा प्रदर्शन गरिएको छ । अधिका रीको राजीनामा माग्दै नेविसंघ र अखिल क्रान्ति कारीले संयुक्त विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । धरपकडमा केही प्रदर्शनकारी घाइते भएका छन् ।गभर्नर अधिकारी नेकपा एमालेको अर्थ

तथा योजना विभागका सदस्य भएको सार्वज निक भएसँगै अधिकारीको नियुक्ति बारे बहस र आलोचना सुरु भएको हो । अधिकारीको नियुक्ति ‘राजनीतिक संलग्नता नभएको स्वतन्त्र

व्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान’ विपरीत भएको खुल्न आएको भएको भन्दै युवा विद्यार्थी सङ्गठनहरूले विरोध चर्काएका हुन् ।

सरकारलाई दबाब बढाउने नीति अनुरूप यस अघि शुक्रबार नेविसंघले माइतीघरमा प्रदर्शन गरेको छ भने शनिबार वाईसीएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरी छानबिन अघि बढाउन प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएको छ ।****भिडियो हेर्न तल क्लिक गर्नुहोला****** 

Post a Comment

Previous Post Next Post