कञ्चनपुर। कञ्चनपुरमा एक ब्यक्तीले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा ३ जना घाइते बनाएका छन् । मंगलबार पुनर्वास नगरपालिका–२
अम्रैयामा खुकुरी प्रहारबाट ३ जना गम्भीर घाइते भएका हुन्। मानसिक सन्तुलन गुमाएका एक ब्यक्तीले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा २ महिलासहित ३ जनालाई घाइतेलाई बनाएका हुन्घाइते हुनेमा अम्रैयाका ४७
वर्षीय वीरासिंह राना, मोती बस्तीकी ३८ वर्षीया मधु महता र अम्रैयाकी ४५ वर्षीया धनसरा रावत रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई पुनर्वास–२ अम्रैया मोतीबस्तीका टेकबहादुर सार्कीले खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक तेजबहादुर खड्काले जानकारी दिए।
वीरासिंह र धनसराको बिएम पोलिक्लिनिकमा उपचार भइरहेको छ भने गम्भीर मधुलाई धनगढीस्थित निसर्ग अस्पताल ल्याउने तयारी भइरहेको डाक्टर सागर केसीले बताए ।मधु महताको टाउको र छातीमा गहिरो चोट लागेको छ। पसलमा बसिरहेको अवस्थामा बिना कारण एक्कासी आएर अन्धाधुन्ध खुकुरी प्रहार गरेको घाइते वीरासिंह रानाकी पत्नी हरदसो रानाले बताइन्।
वीराको टाउकोमा गहिरो चोट लागेको छ । धनसरा र मधु घाँस लिएर आउँदै गर्दा उनीहरूमाथि आक्रमण भएको थियो । सार्कीलाई अम्रैयाको झोलुङ्गे पुलबाट खुकुरीसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक तेजबहादुर खड्काले जानकारी दिएका छन् । खुकुरी हान्ने टेक बहादुर मानसिक रोगी भएको स्थानीयबाट जानकारी पाएको प्रहरीले जनाएको छ। यद्यपि मानसिक रोगी भए/नभएकोबारे मेडिकल रिपोर्टपछि मात्र भन्न सकिने प्रहरीको भनाइ छ ।