सुनसरी / सशस्त्र प्रहरी बल सुनसरीले सुनसरीको बर्जुमा खोलाले बगाएर बेपत्ता भएको बालकको शव फेला पारेको छ । सुनसरीको बर्जु गाउँपालिका वडा नं- ६
मा दिउँसो २ बजेको समयमा भैँसी चराउन गएका बर्जुका स्थानीय विनोद यादवको १५ वर्षीया छोरा अजय यादवलाई खोलाले बगाएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल साहेवर्गजबाट प्रहरी निरीक्षक मनोज विष्टको कमाण्डमा खटेको १० जना सशस्त्र प्रहरीको टोलीले र इलाका प्रहरी कार्यालय दुहबीबाट खटेको १० जना नेपाल प्रहरीको टोली र इलाका प्रहरी कार्यालय चिम्डीबाट खटेका ६ जना गरि जम्मा २६ जनाको संयुक्त प्रहरी टोलीले र स्थानीय बासिन्दाले बालकको खोजी गरि रहेको तर
६ : ३० सम्म पनि नभेटिएको थिएन।त्तपश्चात रातको ७ बजे पछि सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीबाट सप्रनानी रमेश बोहरा र डिएमटी ( DMT ) र ५ जना गोताखोर गरि ८ जनाको टोलीले ७ : ३० मा बालक खोलामा डुबेको स्थानदेखी १ सय ५० मिटर तल दक्षिण पटि ३० फिटको गहिराइमा उक्त बालकको शव फेला पारेको सशस्त्र प्रहरी बल सुनसरीका एसपी बिक्रम होमागाँईले जानकारी दिए ।