![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjW4jWYgFCRUt0TJTrvUvdDghpXUOa7Rc6lcIcR3CkYX0TtIEKpWZr4VnpI7sY6jxO351f7BHlR4zSrCyIpVMTO7J9px_nY2EDNb8kp8_EVb-Jx1cXol3l_4PB4YqPcsfL66Pe0QsLnAAYoxWJSDhqZLUiTUwaHec4gtlU71PqKYsV9_ZvSJkFC6Yum/s16000-rw/PicsArt_06-30-11.58.09.jpg)
साइकलले ठक्कर दिएको सूचना सुनेपछि छोरा बचाउँन दौडिएर पुगेकी महिलालाई कुटपिट गरेर हत्या गरिएको छ ।दुर्घटनाका विषयमा विवाद बढ्दै गएपछि।
भएको कुटपिटबाट एक महिलाको मृत्यु भएको हो । ५५ वर्षीया महिलाको मृत्यु भएको प्रहरीका प्रवक्ता एवं डीएसपी ले जानकारी दिनुभयो ।
कुटपिटबाट गम्भीर घाइते भएकी उहाँलाई उपचारका लागि अस्पतालमा ल्याउनेवित्तिकै चिकित्सकले मृत घोषणा गरेको बताउनुभयो ।मृतकका छोरा साइकलमा मल लिएर घरतर्फ आउँदै गर्दा एक जना बालकलाई ठक्कर दिएका थिए ।
ठक्कर दिएपछि बालकका आफन्त सहितले मनोजलाई कुट्न थाले । त्यसको सूचना आमालाई पुग्यो । छोरो मार्नेभए भन्ने भएपछि आफ्नो छोरालाई बचाउन उहाँ दौडिएर त्यहाँ पुग्नुभयो । त्यहिं क्रममा उहाँको कुटपिटबाट मृत्यु भएको हो ।
कटपिटमा संलग्न भएकाहरु फरार भएको र उनीहरुको खोजीसहित घट्नाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।