जनताको मनमुटुमा बसेका बालेनले गरे गर्नै नहुने यस्तो हर्कत, समर्थकहरु नै बने आक्रोशित ! (भिडियोसहित)

काठमाडौं महानगरपालिकाको मेयर भएदेखि नै जनताको वाहीवाही पाइरहेका बालेन्द्र साहको ठाडो निर्देशनमा अमानविय हर्कत भएको छ । काठमाडौंका सडकमा हरियो मकै बेच्नेमाथि मेयरको निर्देशन भन्दै नगर प्रहरीले लछारपछार गरेको हो ।

शुक्रबार बिहान बालुवाटारको सडकमा प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चामा छ। पत्रकार सृष्टि काफ्लेले खिचेर ट्विटरमा अपलोड गरेको भिडिओमा एक जना बुढा मान्छे र महिलाले नगर प्रहरीको अगाडि हात समाएर मकै नलैजान अनुरोध गर्दै गरेको देखिन्छ।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो । नगर प्रहरीले उनीहरूमाथि लछारपछार गरेका छन्। यसअघि काठमाडौं महानगरमा बेलुका ६ बजेपछि मात्र फुटपाथमा व्यापार गर्न पाउने बताएको थियो।

बालेनको यो कदमपछि बालेनका समर्थकहरु नै आक्रोशित बनेका छन् । निर्धारित समय र ठाउँमा बाहेक अन्य समय र ठाउँमा व्यापार गरेको भेटे उक्त सामान जफत गरिने महानगरको चेतावनी थियो।

भिडियो स्रोतः सेतापाटी

Post a Comment

Previous Post Next Post