सिन्धुलीमा १२ वर्षिया बालिकाकाे शव यस्तो अवस्थामा फेला

सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा १२ वर्षिया बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकि छिन् । ५ नम्बर वडा स्थित रामपुरमा घिसिङ टोल बस्ने रत्न बहादुर घिसिङको छोरी सपना।

घिसिङ शनिबार बिहान ११ बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता नायव उपरिक्षक मनोज कुमार लामाले आइतबार जानकारी दिनुभयो ।

आफ्नै घरदेखि ५ सय मिटर पूर्व खेतबारीमा मकै रुङ्न बनाइएको छाप्रो



प्लास्टिकको नाम्लोले घाँटीमा बाधि झुन्डिएको अवस्थामा मृत फेला परेको डिएसपी लामाले जानकारी दिनुभयो ।

विहान करिब ७ बजे बारीमा मकै रुङ्न गएकी बालिका ११ बजे खाना खाना बोलाउँदा पनि नबोलेछि खोज्दै जानेक्रममा उनको हजुरबुबाले छाप्रोमा झुण्डिरहेको अवस्थामा मृत पारेको थिए । मृत बालिकाको शव आइतबार ईलाका प्रहरी कार्यालय घ्याङ्लेख गाउँपालिका बस्तिपुरको प्रहरी निरीक्षक सुजित कुमार देवकोटाको।

नेतृत्वमा पोस्टमार्टमको लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएको डिएसपी लामाले जानकारी दिनुभयो । पोस्टमार्टम रिपोर्ट आउन ४÷५ दिन लाग्ने उहाँले बताउनुभएको छ । उहाँको अनुसार आत्महत्या गर्नुको कुनै कारण नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Post a Comment

Previous Post Next Post