भारतीय मालवाहक ट्रकको ठक्करबाट विराटनगरको रोडशेषमा एकको मृत्यु

भारतीय मालवाहक ट्रकको ठक्करबाट विराटनगरको रोडशेषमा एकको मृत्यु विराटनगर । भारतीय मालवाहक ट्रकको ठक्करबाट विराटनगरको रोडशेषमा एकजनाको मृत्यु भएको छ ।

जोगबनीतर्फ जाँदै गरेको डब्ल्यु बी २३ बी ४९६१ नम्बरको ट्रकको ठक्करबाट एक साईकल चालकको मृत्यु भएको हो । बाटो क्रस गर्दै गरेको साईकल चालकलाई ट्रकले ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार ट्रकको ठक्करबाट मृत्यु भएका साईकल चालकको अङ्गभङ्ग भएको छ ।

ट्रक चालक भने प्रहरीको नियन्त्रणमा रहेको जनाईएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । मृतकको सनाखत र थप अनुसन्धान लगायतका कार्य भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post