आफ्नै आमाले छोरालाई कुटेर यस्तो गरे पछि ..

आमाले छोरा कुटेर गम्भिर घाईते भएको छ । शनिबार दिउसो ३२ बर्षकी टीकादेवी नेपालीले आफ्नै ६।

बर्षका छोरा लाई आगो फुक्ने ढुङ्ग्रोले टाउकोमा पटक पटक हिर्काउँदा  गभिर घाईते भएको स्थानीयले बताएका छन् ।बालकका आफन्त ले २४ गते राति पनि आमाले छोरालाई कुटेको बताए ।

शनिबार दिउसो मौका छोपेर खोलामा फाल्ने योजनामा रहेछ उस्को । मैले स्थानीय, जनप्रतिनिधिलाई खबर गरे । छोरा बोक्दै खोलाको किनार किनार दौडिएको त्यहाँका स्थानीयले पनि देखेपछि उद्धार गरे । जनप्रतिनिधि, स्थानीयको सहारा नपाएको भए यो बच्चा हिजो नै खोलामा बग्ने थियो’ उनले भने ।

आफन्त यामबहादुरले बालकको जिवनको रक्षा गरिदिन सबैलाई आर्थिक सहयोग गरिदिन आग्रह गरे । छोरालाई घाईते गराएकी  यतिबेल प्रहरी अनुसन्धानमा रहेकी छिन् । बालकका बुबाको मृत्यु भएको एक महिना पनि भएको छैन् । अहिले घाईते बालक आफन्त र स्थानीयको सहयोमा जिपि कोईराला राष्ट्रिय स्वास प्रश्वास उपचार केन्द्रमा उपचारत अवस्थामा रहेका छन् ।

बालकको आमा हाल इलाका प्रहारी कार्यालय बेलचौताराको नियन्त्रणमा छिन उनले बयानमा छोराले खाजा मागेको मागै गरेपछि एकछिन पख भन्दा पनि नमानेपछि प्याट हानेको बताएकी छिन् । तर, उनले भने जस्तो घट्ना सामान्य नभएको भन्दै घट्नाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख भोजराज पाण्डेले जानकारी दिए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post