झापामा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच झडप


झापामा गए राति नेपाल प्रहरी र सशस्त्र प्रहरी बीचमा झडप भएको छ। मेचीनगर नगर पालिकास्थित काँकरभिट्टा नाकामा दुई सुरक्षा निकायबीच कुटाकुट भएको हो।

सुपारीका विषयलाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच नाकामा झडपनै भएको स्रोतको दाबी छ। नेपाल प्रहरीले चेकजाँचपछि छाडेका सुपारी सशस्त्र प्रहरीले रोकेपछि बिबाद सिर्जना भएको थियो।

नेपाल प्रहरीले तस्कारसँग मिलेर सुपारी पठाउन खोजेको र सशस्त्रले रोकेपछि सशस्त्र प्रहरीमा थि हातपात भएको स्रोतको दाबी छ। यसबारे झापाका प्रमुख जिल्ला अधिकारी

छबिलाल रिजालसँग बुझ्दा उनले दुई सुरक्षा निकायबीच सामान्य विवाद मात्र भएको बताए। तर स्रोतका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरी बीच कुटाकुट भएको थियो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post