आजको राशिफल, वि.सं. २०७९ साल असार २२ गते बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ आषाढ २२ गते बुधवार तदनुसार ई. सं. २०२२ जुलाई ०६ तारिख, नल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं.

११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४३, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६:५१ बजे, चन्द्रोदय : दिउँसो ११:१८ बजे र चन्द्रास्त : मध्यरात्रीपूर्व ११:१७ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२० बजे र सूर्यास्त :

साँझ ०७:०८ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:३३ बजे र सूर्यास्त : साँझ ०७:२५ बजे, आषाढ शुक्लपक्ष (दिल्लाथ्व) सप्तमी तिथि, दिउँसो ०२:५६ बजेसम्म, त्यसपछि अष्टमी तिथि, उत्तराफाल्गुनी नक्षत्र, बिहान ०८:११ बजेसम्म, त्यसपछि हस्ता नक्षत्र, चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त), वरीयान् योग, बिहान ०९:०६ बजेसम्म, त्यसपछि परिघ योग, सुरुमा वणिज करण दिउँसो ०२:५६ बजेसम्म, त्यसपछि विष्टि/भद्रा करण मध्यरात्रीपछि ०२:४० बजेसम्म, अन्तिममा बब करण, (भद्राको वास : पाताललोक), आनन्दादि योग :

प्रवर्द्ध, चन्द्रवणर् : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : वायव्य (दिउँसो ०२:५६ बजेसम्म), त्यसपछि ईशान, वारशूल : उत्तर, वाणपञ्चकमध्ये अग्नि वाण : बेलुका १०:०३ बजेसम्म, नक्षत्र शूल : उत्तर, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, आज :

देउपाटनमा गङ्गामाई रथयात्रा, सूर्य पूजा, आजको मुहूर्त : शुभ विवाह, अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी), पसल थाप्ने (दोकान खोल्ने), शिलान्यास (सामान्य), डेरा सर्ने, कलशचक्र, चुल्लीचक्र, हलचक्र।

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २३ गते : अष्टमी व्रत, गोरखकाली पूजा, मुहूर्त : कणर्वेध (कान छेड्ने), पसल थाप्ने (दोकान खोल्ने), शिलान्यास (सामान्य), वस्त्राभरण, पुराण श्रवण, कलशचक्र, २४ गते : मुहूर्त : शुभ विवाह, अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र, २५ गते : मन्वादि, मुहूर्त : द्रव्यप्रयोग, घर छाउने/ढलान गर्ने, कलशचक्र

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

औपचारिक र अनुशासित तवरले दिन बित्नेछ, जुन तपाईंका सहकर्मी र स्टाफहरूलाई नौलो लाग्नसक्छ । योजनाभन्दा बाहिरको जिम्मेबारी बोक्नुपर्दा दुविधा बढ्ने दिन हो । आडम्बर देखाउनु हुँदैन, नत्र सामान्य मानेको विषयलाई प्रमाणित गर्न गाह्रो हुन्छ र बेकारको तर्कबितर्कमा दिन बित्ने परिस्थिति बन्नेछ । आज हुन त शत्रु र प्रतियोगीमाथि विजय प्राप्त गर्ने समय छ, तर रिस, आवेग र क्रोधको पारो छिट्टै चुलिन सक्छ, कन्ट्रोल गर्नुहोला ।

आज ८५ प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भूमिनन्दनाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सानो प्रयत्नले हैसियतमा बृद्धि हुनेछ, क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ, साथै अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन् । परिवारमा प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव रहने समय हो । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता मिल्ने दिन हो । सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ ।

आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ५, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हयग्रीवाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आफन्तका निमित्त कुनै विशेष काम सम्पन्न हुनेछ, आपसी तालमेल र पारिवारिक सम्बन्ध सुदृढ बनाउन प्रयास गर्ने समय हो, जसबाट सुरक्षित भएको अनुभूति हुनेछ । कार्यालयीय काम सजिलै सम्पन्न हुने र सन्तुष्टि लिन सकिने दिन हो, तर आज घरपरिवार वा आफन्तको भावनालाई समेट्न सकेमा थप सन्तुष्टि मिल्नेछ । शङ्कालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ, सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ ।

आज ३० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ४, शुभ रङ रातो र शुभ दिशा उत्तर रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमश्चण्डिकायै यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज कार्यक्षेत्रमा मानसम्मान पाउने राम्रो दिन हो । शत्रुमाथि विजय प्राप्त हुनेछ । मित्रवर्ग र जुनियर स्टाफको सहयोग मिल्नाले मनसमेत प्रसन्न रहनेछ । कारोबारमा खटेअनुसार फल प्राप्त हुनाले आत्मविश्वास बढ्ने समय हो । रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङ जस्ता क्षेत्रमा बढी लाभ हुनेछ । घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ, त्यस्तै पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने दिन छ ।

आज ४० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ३, शुभ रङ सिम्रिक रातो र शुभ दिशा पश्चिम रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बक्रतुण्डाय हुम् यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

परीक्षा, प्रतियोगिता वा प्रतिस्पर्द्धामा विजय प्राप्त गर्ने दिन हो, पठनपाठनका दृष्टिले पनि आजको दिन उत्कृष्ट बन्नसक्छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रूचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ । कुनै उपहार वा धन प्राप्त हुने सम्भावना छ । सिनियर कर्मचारी वा हाकिम प्रसन्न हुने दिन हो । कुनै काम फुत्काउनु छ भने प्रयास गर्नुहोला ।

आज ८० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो र शुभ दिशा दक्षिण रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ श्रियै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रतिष्ठामा बृद्धि हुने दिन हो, आफूभित्रको निणर्यक्षमता र व्यवस्थापकीय कौशलता प्रदर्शन गर्दै छुट्टै पहिचान स्थापना गरिने छ । भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काममा जुट्नु ठीक हुन्छ । आत्मोन्नति र व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो । त्यस्तै घरायसी सुखसुविधा, अचल सम्पत्ति र वाहनसुखका बारेमा समेत ध्यानकेन्द्रित हुनसक्छ । पार्टनरबाट तपाईंको भावना बुझी कार्य गर्ने प्रयास हुनेछ । एकान्तमा रमाउन पाउँदा सन्तोषको आभास हुनेछ ।

आज ८५ प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क १, शुभ रङ कलेजी र शुभ दिशा पूर्व रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अर्काय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सकेसम्म कार्यक्षेत्रमा आफैं खटेको जाती हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय छ । असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना हुन्छ । हिसाबकिताब बिग्रनाले तनाव बढ्ने समय छ, अझ आफन्त नै भए पनि साक्षीजमानी बस्नु वा लेनदेनको काम गर्नु ठीक हुँदैन । अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुनसक्छन्, मानसिक शान्ति र विश्रामप्रति आकर्षित बन्दा राम्रो हुन्छ ।

आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ त्र्यम्बकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ । सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ । आनन्द, भोगविलास र मनोरञ्जनमा ध्यान केन्द्रित हुने समय हो । पिता वा पितृतुल्य व्यक्तिको सल्लाह वा सुझावको अम्मल गर्दा अझ बढी फाइदा हुनेछ ।

आज ७० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क २, शुभ रङ रङ्गीबिरङ्गी/छिरबिरे र शुभ दिशा पश्चिम रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवीद्यौराल्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो, पार्टनरका तर्फबाट पनि कुनै खुसी हुने कुरा सुन्न पाइने छ र प्रसन्नता बढ्नेछ । प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । कारोबारबाट राम्रै फाइदा हुने दिन छ, फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईंको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ ।

आज ७० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क १, शुभ रङ हरियो र शुभ दिशा दक्षिण रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बुं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

धार्मिक/सांस्कृतिक काममा खटेर जस पाउने समय छ । सीप र बुद्धिकौशलको प्रयोग गरी मान्यजन र विशिष्ट व्यक्तिको सद्भाव बटुल्न सकिने छ । प्रशस्त सम्भावना र उपलब्धिहरू भएको राम्रो दिन छ, सानो प्रयासले राम्रो नतिजाका साथै सम्मान र जस पाउन सकिने छ । भविष्य सुध्रनुका साथै ठोस आम्दानी हासिल हुनेछ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ ।

आज ६० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ परब्रह्मणे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

चिन्ता/शङ्का र डरले जरो गाड्नेछ, दिक्क लागेको छ भने बरु एकान्तमा बस्नु वा आध्यात्मिक गतिविधिमा सहभागिता जनाउनु राम्रो हुन्छ । वातावरण तपाईंको विपक्षमा भएको दिन हो, आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ । कसैको चित्त दुखाएर धन वा प्रतिष्ठा प्राप्त गर्ने कोशिस गर्नुहुँदैन । दुराशा र महत्त्वाकाङ्क्षाले केवल निराशामात्र बढ्दछ । आफ्नो काम र लक्ष्यप्रति विश्वस्त हुनु ठीक हुन्छ ।

आज ०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ८, शुभ रङ कालो र शुभ दिशा उत्तर रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सङ्कटाभगवत्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

पार्टनरको इच्छानुसार चल्नुपर्दा कार्यक्षेत्रमा समस्या आउने भएकाले महत्त्वपूणर् काम बेलैमा गरिहाल्नु ठीक हुनेछ । आजको दिन घरायसी र व्यावहारिक समस्याका बारेमा घोत्लिने समय छ, एक्लै बस्न र घोरिन मन लाग्छ, संयमित हुनु राम्रो हुन्छ । सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा पनि लिन सकिन्छ, तर आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनुपर्छ ।

आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ इन्द्राण्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

Post a Comment

Previous Post Next Post