सेनाको पूरै क्याम्प पहिरोले बगायो, ४० सैनिक पु,रिए, ७ ला,श यसरी निकालियो

काठमाडौं ।भारतको मणिपुरमा केही दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्ने घटनाहरु सार्वजनिक भइरहेका छन् । नोनी जिल्लाको तुपुल रेलवे स्टेशन नजिकै बुधबार राति।

पहिरो खस्दा १०७ प्रादेशिक सेनाको क्याम्प पुरिएको छ । उक्त दुर्घटनापछि दर्जनौं जवानहरू माटोमा गाडिएका थिए।मिडिया रिपोर्टका अनुसार अहिलेसम्म ७ जवानको शव निकालिएको छ भने १३ जवानको उद्धार गरिएको छ । ३०-४० भन्दा बढी जवान अझै पुरिएका छन्।

यसबारे मणिपुरका मुख्यमन्त्री बिरेन सिंहले आपतकालीन बैठक बोलाएका छन् । घाइतेको उपचारका लागि चिकित्सकको टोली घटनास्थलमा पुगेको छ ।

घाइतेहरुलाई उपचारका लागि नोनी आर्मी मेडिकल युनिटमा ल्याइएको छ । पहिरोका कारण इजाई नदीको प्रवाह प्रभावित भएको छ । यो नदी तामेङलङ र नोनी जिल्ला भएर बग्छ । रिपोर्टका अनुसार केही सर्वसाधारण पनि भग्नावशेषमुनि फसेको आशंका गरिएको छ ।

एक अधिकारीले खराब मौसमका कारण उद्धार कार्यमा समस्या भइरहेको बताए । सेनाको हेलिकप्टर पनि घटनास्थल पुगेको छ । जिल्ला प्रशासनले छिमेकी गाउँलेहरूलाई सावधानी अपनाउन र यथाशीघ्र ठाउँ खाली गर्न सल्लाह दिएको छ।

भग्नावशेषका कारण इजाई नदी अवरुद्ध भएको एडभाइजरीमा उल्लेख छ । जसका कारण एकै ठाउँमा पानी जमेर बाँध जस्तो अवस्था सिर्जना भएको छ । यदि फुट्यो भने तल्लो क्षेत्रमा थप विनाश हुन सक्छ।

असम र मणिपुरलगायत उत्तरपूर्वी राज्यहरूमा लगातारको वर्षाले बाढीको अवस्था सिर्जना गरेको छ। असममा १० दिनमा अहिलेसम्म १ सय ३५ जनाको मृत्यु भइसकेको छ भने लाखौँ मानिस प्रभावित भएका छन् । यसैबीच, मौसम विभागका अनुसार अरुणाचल प्रदेश, असम, मणिपुर र सिक्किममा अझै वर्षाको सम्भावना छ।

Post a Comment

Previous Post Next Post