जिन्दगीभरको कमाइ एकै छिनको पहिरोले पुरिदियो'

बाउआमा र परिवारलाई ठाउँमा ल्याएर राख्न पाए राम्रो हुन्थ्यो भनेको, मार्न ल्याएजस्तो भयो,' पोखरा महानगरपालिका–२५, सुइखेतका सूर्य विकले पहिरो।

पसेको घरअघि उभिएर भने, 'धन्न! बाँच्न लेखेको रहेछ, बाँचियो।'पोखरामा अविरल वर्षा हुनु नौलो होइन। यही असार ११ गते पनि त्यसरी नै वर्षा भयो जसरी यसअघि हुन्थ्यो। उक्त दिन वर्षासँगै बाढी र पहिरो आयो। सूर्यको घरमा बाढी पस्यो। रातारात भागदौड गरेर ज्यान जोगाए।

सूर्यको पुर्ख्यौली घर म्याग्दी हो। सुइखेतमा घर बनाएपछि पाँच महिनाअघि मात्र उनको परिवार स्थायी बसोबासका लागि पोखरा झरेको हो। साढे आठ वर्ष खाडीमा रोजगारी गरेर कमाएको पैसामा केही ऋण थपेर बनाएको घरमा बाढी पसेपछि सूर्यको चैन हराएको छ।

घर पुरिने गरी पहिरो आएको रात करिब ९ बजेको थियो। सूर्यका परिवारजन खाना खाएर सुत्ने तरखरमा थिए। केही घन्टादेखि वर्षा अविरल थियो। लेदोसहितको ठूलो बाढी आएको आवाज उनीहरूको कानमा ठोक्कियो।

बाहिर हेर्न पछाडिको ढोका खोल्न खोजे, खुलेन। अगाडिको ढोका खोलेर हेर्दा लेदो र ढुंगाको थुप्रो थियो। बाढी बगिरहेको थियो। ठूलो जोखिम देखिएपछि सबै जना घरबाट निस्किए।राति बाढी छिचोल्दै उनीहरू मध्यपहाडी लोकमार्ग पुगे। घरभित्रको सबै सामान त्यहीँ रह्यो।ज्यान जोगाउनै मुश्किल थियो, सामान कसरी निकाल्नु,' सूर्यले भने, 'घरको सामान केही पनि छैन, लेदाले पुरिदियो।

म्याग्दीको घरबाट परिवारजनलाई पोखराको नयाँ घरमा राखेपछि खाडीतिर फर्केन सूर्यको योजना थियो। विदेश जाने खर्च भनेर घरमै दुई लाख रूपैयाँ राखेका थिए। चार तोला सुन थियो।टिभी, फ्रिज, दराज केही बाँकी रहेन,' उनले भने, 'पैसा र सुन पनि बाढीले कता पुर्‍यायो कता।

सुइखेतकै अर्का बासिन्दा हर्कबहादुर विकको परिवार पनि त्यही दिन, असार ११ को मध्यरात, घर छाडेर भाग्नु पर्‍यो। घर डुबानमा परेपछि राती साढे १२ बजे भागेर सुरक्षित ठानिएको ठाउँमा पाल टाँगेर बसे। त्यहाँ पनि पहिरो आएपछि फेरि भागेर अर्को ठाउँमा पुगे।जताजतै डुबान थियो। त्यसमाथि पहिरो आयो,' उनले भने, 'मध्यरातमा पार पाइनसक्नु दुःख पायौं। जसोतसो ज्यान जोगाइयो।

सुइखेतमा त्यस बेला करिब तीन सय घर डुबानमा परे। त्यहाँबाट कम्तीमा जना सय राति नै घर छाडेर भाग्नु पर्‍यो। त्यही रात सुइखेतका बासिन्दाले जस्तै विपत्ति वडा नम्बर १६, सालघारीका बासिन्दाले पनि सामना गर्नुपर्‍यो।

रामबहादुर मगरको घर र गोठ पहिरोले नाम निसाना मेटिदिएको छ। वर्षौं मजदुरी गरेर बचाएको पैसाले तीन कोठे घर छानोसमेत नदेखिने गरी पहिरोले पुरिदियो। उदयपुरबाट दस वर्षको उमेरमा पोखरा आएका रामबहादुर मजदुरी गरेर यतै बसे। घर बनाउने मिस्त्री काम गर्थे। स्थानीय सहकारीबाट ऋण लिएर थोरै जग्गा किने। तीन वर्षअघि तीन कोठाको सानो घर बनाएका थिए।

उनले कुखुरापालन गरेका थिए। खोरमा ३६ वटा लोकलसहित ५० वटा कुखुरा थिए। सहकारीको किस्ता तिर्न १४ हजार रूपैयाँ ल्याएर राखेका थिए। सामानको के कुरा, पैसा पनि निकाल्न पाएनन्।

बिहानीपख बाढी आएको देखेर रामबहादुर भलपानी तर्काउन गएका थिए। हतार हतार जमिन खनेर तर्काए। बिहान सात बजेतिर पहिरो खसेपछि भागदौड मच्चियो।

माथिबाट बोटबिरुवा लच्किएर तल झर्दै गरेको देखेँ। त्यसपछि सबै जना भाग्यौं,' रामबहादुरले भने, 'काखको सानो छोरा सुतिराखेको थियो, उसलाई बोकेर हतारहतार दौडियौं।

पहिरोले आफ्नो घर र गोठ नाम निसाना मेटिने गरी पुरेको उनी प्रत्यक्ष देखे। रामबहादुरले भने, 'पहिरो घरमा खस्दा बम पड्एिजस्तो आवाज आयो, छानोको टिन आकाशरित उड्यो, फेरि पहिरोले तल झारेर पुर्‍यो।रामबहादुर घर बनाउने मजदुरी र कखुरापालनसँगै अधियाँमा खेती पनि गर्छन्।

घरमा भएको धान निकाल्न पाएको भए पनि खानलाई हुन्थ्यो,' उनले भने, 'जिन्दगीभरको कमाइ एकै छिनको पहिरोले सबै पुरिदियो।बाढी र पहिरो मात्र होइन, वडा नम्बर १६ मा जमिन भ्वाङ पर्ने समस्या पनि उत्तिकै छ। असार ११ गते राति नै महेन्द्रगुफा नजिकै भ्वाङ परेर तीन वटा घरमा क्षति पुग्यो। सडक पनि अवरूद्ध भएको थियो।

मानिसले निम्त्याएको विपद

वडा नम्बर २५ सुइखेत डुबानको कारण चौरासी नहर फुट्नु र पहिरो जानु होइन। वर्षाको भेल बगेर जाने निकास नपाउँदा बस्ती डुबानमा परेको वडा अध्यक्ष मोतिलाल तिम्सिनाको भनाइ छ।

उनका अनुसार बस्ती बसाउन गरिएका अव्यवस्थित प्लटिङ र सरकारले राष्ट्रिय गौरव घोषणा गरेको मध्यपहाडी लोकमार्ग सुइखेत डुबानका मुख्य कारण हुन्।

मध्यपहाडी लोकमार्गको पोखरा खण्डको करिब पूरा भएको छ। बस्तीभन्दा अग्लो सडक सुइखेत हुँदै बागलुङतर्फ सोझिएको छ। लोकमार्गले सुइखेतमा जम्मा हुने पानीको निकास थुनिदिएको वडा अध्यक्ष तिम्सिनाले बताए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post