काठमाडौँ – काठमाडौंको लैनचौरमा भएको एक लुटपाटको घटनामा प्रहरीकै संलग्नता रहेको खुलेको छ । लैनचौरमा भएको लुटपाटको घटनालाई अनुसन्धान
गर्दा घटनास्थलमा भेटिएको मुवाइल फोनको आधारमा वाहालवाला प्रहरीको नै संलग्नता रहेको खुलेको हो।यसरि रास्ट्र सेवक प्रहरी नै जनतालाई सुरक्षा दिनुको सट्टा लुटपाटको नाइके भएपछी हामीले शान्ति सुरक्षाको कसरी महसुस गर्ने भन्दै जनगुनासो ब्यापक बढेको छ ।
जेठ ८ गते अपराह्न ४ बजे काठमाडौं महानगरपालिका(२६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टनजिकै रहेको खाजा घरबाट ३५ लाख रुपैयाँ लुटपाट भएको थियो।प्रहरीले यस घटनाबारे औपचारिक रूपमा जानकारी दिएको छैन। घटनामा संलग्न दुई जनालाई भने नियन्त्रणमा लिइसकेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले यस घटनाको अनुसन्धान भइरहेको बताए।
हामी अनुसन्धानमै छौं। भोलि (सोमबार) सम्ममा विस्तृत आउँछ,’ उनले भने। पोखरा महानगरपालिका लेखनाथ बस्ने ४० वर्षीय एक व्यक्ति र लुटेरा समूहबीच सुन किनबेच गर्ने डिल भएको थियो। ती व्यक्ति सुन व्यवसायी भने होइनन्।
ती व्यक्ति सुन व्यवसायी होइनन्। सस्तोमा किनेर धेरै फाइदा हुन्छ भनेपछि उनी त्यहाँ पुगेका थिए,’ एक प्रहरी अधिकृतले भने। सस्तोमा सुन पाइने भएपछि ती व्यक्तिले ३५ लाख रुपैयाँ जुटाएको प्रहरीलाई बताएका छन्। लोकेशन पाएपछि प्रहरीले ती व्यक्ति जेठ ८ गते त्यहाँ पुगेका थिए।
त्यहाँ पुग्दा उनले सुन पाएनन्। बरू आफूले बोकेको ३५ लाख रुपैयाँ लुटिए। मानिसलाई सुनरडलर सस्तोमा दिने लोभमा फसाएर लुटपाट गर्ने गिरोहको संलग्न रहेको एक उच्च अधिकारीले बताए।