काठमाडौं, चितवन, नवलपरासी (पूर्व), बारा, बाँके र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दु`र्घटनामा परी ७ जनाको मृ`त्यु भएको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित सडकमा ना.५ ख २८१९ नम्बरको मिनी
ट्रकले बा.७१ प ३०५४ नम्बरको मोटरसाइकललाई आइतबार बेलुकी ठ क्कर दिँदा एक जनाको मृ`त्यु भएको छ ।मृ`त्यु हुनेमा मोटरसाइकलमा सवार काँडाघारी बस्ने पाँचथर मिक्लाजुङ गाउँपालिका–५ घर भएकी ३४ वर्षीया सम्झना राई रहेकी छन् ।
दुर्घ`टनामा गम्भीर घा`इते भएकी उनको टिचिङ अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृ`त्यु भएको हो । आइचर चालक र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलस्थित सडकमा बा.२० च ४११४ नम्बरको कारको ठ`क्करबाट आइतबार साँझ पैदलयात्रीको मृ`त्यु भएको छ । मृ`त्यु हुनेमा सोही ठाउँ बस्ने ४२ वर्षीया सेतीमाया घलान अधिकारी रहेकी छन् ।
ठ क्करबाट गम्भीर घा`इते भएकी पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया राधिका बोटेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । हाल फरार रहेका कार चालकको प्रहरीले खोजी गरिरहेको छ । कार धनीलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी (पूर्व)को मध्यविन्दु नगरपालिका–७ गोछडाटारमा ना.७ त ३७७५ नम्बरको ट्रयाक्टरको ढाला पल्टिएर च्यापिँदा एक जनाको मृ`त्यु भएको छ । मृ`त्यु हुनेमा ट्रयाक्टर चालक कावासोती नगरपालिका–१७ बस्ने ५५ वर्षीय शान्तिनाथ महतो रहेका छन् ।
बाराको महागढिमाई नगरपालिका–८ थलही पुलस्थित सडकमा प्र २–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल आइतबार राति दु`र्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृ`त्यु भएको छ । मृत्यु हुनेहरूमा चालक सूवर्ण गाउँपालिका–७ सनफुल्वा बस्ने ३५ वर्षीय विरूलाल यादव र मोटरसाइकलमा सवार भारत घर भएका ३० वर्षीय मेवा चन्द्र यादव रहेका छन् ।
दु`र्घटनामा गम्भीर घा`इते भएका उनीहरूको कलैया अस्पतालमा उपचारको क्रममा मृ`त्यु भएको हो । बाँकेको राप्तिसोनारी गाउँपालिका–२ हरिहरपुर बस्ने सन्तोष बिकको छोरा ११ वर्षीय सुनिल बिकले चलाएको साइकल आइतबार साँझ दु`र्घटना हुँदा सुनिलको मृ`त्यु भएको छ ।
दु`र्घटनामा गम्भीर घा`इते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृ`त्यु भएको हो । साथै घा`इते भएका साइकलमा सवार सोही ठाउँ बस्ने वेद प्रसाद भण्डारीको छोरा १४ वर्षीय करण भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ नाबिन क्रसरस्थित सडकमा प्रदेश २–०३–००१ ख ०२४२ नम्बरको बसले ना.२ ह ६४ नम्बरको अटोलाई सोमबार बिहान ठ क्कर दिँदा एक जनाको मृ`त्यु भएको छ ।मृ`त्यु हुनेमा अटोका चालक बारा रतनपुर गाउँपालिका डम्बरपुर बस्ने २६ वर्षीय मिलन सुनार रहेका छन् ।
दु`र्घटनामा गम्भीर घा`इते भएका उनको हेटौंडा अस्पताल हुँदै चुरेहिल अस्पतालमा थप उपचारको क्रममा मृ`त्यु भएको हो । दु`र्घटनामा घा`इते भएका अटोमा सवार हेटौंडा उपमहानगरपालिका–१२ गुरुविर्ता बस्ने ३५ वर्षीय सुवास सुनारको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।