
काठमाडौं । विवाहकै दिन एक महिलाले बच्चा जन्माएपछि सबै हैरान भएका छन् ।हालै स्कटल्याण्डको स्टर्लिङ्शायरबाट एउटा चकित पार्ने घटना बाहिर आएको छ ।
त्यहाँ दुलहीले विवाहकै दिन बच्चालाई जन्म दिएपछि निकै हंगामा भएको हो । यो घटनापछि विवाह रद्द गर्नुपरेको थियो ।जसकारण दुवै जोडीले निकै दुःख खेप्नुपर्यो । यो घटनापछि सबै पाहुना पनि निराश भएको खबर बाहिर आएको छ ।जानकारी अनुसार बेहुली पहिले नै गर्भवती थिइन्, डेलिभरीको मिति १ महिना पछि थियो । तर विवाहको दिनमै प्रसुती भयो ।
सोही कारण उनीहरुको विवाह रद्द भयो । महिलालाई तत्काल अस्पताल लगिएको थियो । अस्पतालमा उनले बच्चालाई जन्म दिइन् ।रेबेका म्याकमिलन र निक चिथम स्टर्लिङ्शायरमा विवाह गर्न लागेका थिए ।
रेबेकाले विवाहलाई यादगार बनाउन चाहेको बताएकी छिन् । यो विवाहमा २ सय पाहुना सहभागी भएका थिए । तर, अचानक सबै कुरा परिवर्तन भयो ।दुवैले पाँच वर्ष एकअर्कालाई डेट गरेका थिए ।
जब रेबेकालाई थाहा भयो कि उनी आमा बन्न लागेकी छिन्, तिनीहरूले विवाह गर्ने निर्णय गरे ।रेबेकाले थप भनिन्, ‘हामी विवाहको मिति लम्ब्याउन चाहन्थ्यौं, तर कोरोना महामारीपछि जीवन निकै छोटो र अप्रत्याशित छ भन्ने महसुस भयो ।
विवाहको दिन सन्तान जन्मिएपछि दम्पतीले ठूलो घाटा बेहोर्नुपरेको छ । ‘द मिरर’ मा प्रकाशित रिपोर्टका अनुसार विवाह रद्द भएपछि झण्डै २० लाख रुपैयाँको घाटा भएको छ । नवजात शिशुको नाम रोरी इयान विलियम चिथम राखिएको छ ।