जंगलमा भेटियो दुई युवा-युवतीको शव

काठमाडौंको दक्षिणकाली नगरपालिकामा पर्ने फर्पिङको जंगलमा दुई जना युवा युवतीको शव फेला परेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान

कार्यालयका एसएसपी बसन्त कुँवरका अनुसार सोमबार बिहान जंगलमा २०-२२ वर्षका युवा-युवतीको शव घोप्टो परेको अवस्थामा भेटिएको हो।

उनीहरूको पहिचान हुन सकेको छैन। शव फेला परेको ठाउँनजिकै बिषको बट्टा पनि फेला परेको छ।

एसएसपी कुँवरका अनुसार काठमाडौं जिल्ला प्रहरी परिसर र अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानका लागि खटिएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post