एउटा पुल उद्घाटनका लागि महानगरपालिकाका मेयरसहित अन्य पदाधिकारी पुगेका थिए । उनीहरु यो पुलमा चढ्दा पुल भाँचिएर।****भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला****
मेयरसहित करिब २ दर्जन मानिसहरू नालीमा पछारिए ।यसको एउटा भिडियो पनि सार्वजनिक भएको छ । द गार्डिय नका अनुसार घटना मेक्सिकोको क्वेर्निभाकाको हो । नगरका मेयरले नालीमाथि को फुटब्रिजको उद्घाटन गरेका थिए ।
काठको बोर्ड र धातुको चेनले यो पुल पुन: निर्माण गरिएको थियो। भिडियो हेरेर चेनबाट बोर्ड अलग्गिएका कारण यो घटना भएको अनुमान गरिएको छ ।
नगर परिषद्का सदस्यहरू र अन्य स्थानीय अधिकारीहरू ३ मिटर (१० फिट) तल नालीका ढुंगाहरूमा खसे। मोरेलोस राज्यका गभर्नर कुउहटेमोक ब्लान्कोले नालीमा खसेका मध्ये
मेयर, उनकी श्रीमती, धेरै अधिकारी र पत्रकारहरू रहेको बता ए। धेरै जना घाइते भए । त्यसपछि उनीहरूलाई अस्पताल लगिएको थियो ।
रिपोर्टका अनुसार मेयर जोसे लुइस उरियोस्टेगुईलाई पनि अस्पताल लगिएको थियो। उनलाई सामान्य चोट लागेको छ र खतरामुक्त छन् ।
क्षमताभन्दा बढी यात्रु चढेका कारण यो घटना भएको अनुमान गरिएको छ । घटनाको भिडियो पनि सार्वजनिक भएको छ, जसमा धेरै मानिसहरु नालीमा झरेको देखिन्छ । ती मानि सहरूलाई त्यहाँबाट निकाल्ने काम पनि भइरहेको छ।****भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला****