डिजेल-पेट्रोलको भाउ महँगो भएपछि बेहुली लिन बेहुला साइकलमै गए (हेर्नुस )

बेहुली लिन बेहुला साईकलमा सवारी।पछिल्लो समय तडकभडक तरिकाले विवाह गर्ने प्रचलन बढ्दै गरेको छ । विवाहमा बरियाँत जाँदा कसैले बग्गी, सजावट सहित मंहगा गाडी लिएर जाने गर्दछन् ।

तर बिहीबार तनहुँको व्यास नगरपालिका वडा नं. १० वैरेनीमा फरक दृश्य देखियो । वैरेनीका २६ वर्षीय विनोद सापकोटा दुलही लिन साइकलमा निस्के । वैरेनीबाट ६किमी दुरीमा रहेको दमौलीमा बेहुलीको घर छ ।सिंगार पटार गरेको बेहुलोलाई साइकलमा देखेपछि बाटोमा रमिता हेर्नेहरु पनि टन्नै देखिए, केहीले त रोकेर सेल्फी पनि खिचे ।

बेहुलाको साथमा अरु ६ जना पनि साइकलमै थिए । अरु जन्ती बसमा ।बेहुली लिन बेहुला साइकलमा आएको देखेर माइती पक्ष दुलहीका अभिभावक दंग परे ।

बेहुलीका बाआमा एकछिन आश्चर्यमा परे पनि आफनो ज्वाइँको मितव्ययिता र सरलता देखेर खुसी भए । दुलहीका बुबा पूर्णबहादुर भुजेलले भने, ‘हेर्दा अनौठो मात्र हो।

तर यस्तो कुराले धेरै सन्देश दिन्छ । हामीले त ताली बजाएर स्वागत गर्‍यौं, सबैले केही सिक्न जरुरी छ।सापकोटाले यसअघि ईलामदेखि मुगुको रारासम्म साइकलमै यात्रा गरेका थिए ।

नेपाल साइकल उत्सवको समयमा त्यो यात्रा गरेका उनी आफूलाई साइकल प्रेमी भन्छन् ।म साइकल प्रेमी हुँ, स्वास्थ्यलाई पनि राम्रो हुने ईन्धनको खर्चनहुने ।

सधैं साइकल चढ्ने मलाई बेहुला बन्दा पनि साइकल नै चढ्न मन लाग्यो । जसले अरुलाई केही न केही सन्देश दिन सकियो

Post a Comment

Previous Post Next Post