
भीरबाट खसेको ढुंगा लागेर शुक्रबार गोरखाको धार्चे गाउँपालिकामा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धार्चे-३ उहियाका २० वर्षीय धनबहादुर गुरुङको ज्यान गएको हो ।
भीरबाट खसेको ढुंगा लागेर गुरुङको घ”टनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) लीलाराज लामिछानेले बताए ।यस्तै,विराटनगर-१३ रानीस्थित विराटनगर आँखा अस्पतालका डाक्टरको गाडीको ठ”क्करबाट गेटमा खटिएका सेक्युरिटी गार्ड ग”म्भीर घा”ईते भएका छन् ।
डाक्टरले चलाएको बाग्मती प्रदेश ०१-२७ च ४०२१ नम्बरको गाडीले अस्पतालको गेटमा कार्यरत सुरक्षा गार्ड अन्दाजी ४५ वर्षीय गुरुप्रसाद लुँईटेललाई ठ”क्कर दिँदा उनको अवस्था ग”म्भीर बनेको हो ।
घा”ईते गार्डलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको छ । बिहानको ६ बजेदेखि १२ बजेसम्मको ड्युटी खटिएका गार्डलाई भने आज बिहान डाक्टरको गाडीले ठ”क्कर दिएको हो ।
यस्तै,मोरङको कटहरी गाउँपालिका-७ स्थित लोहन्द्रा खोलामा डुवी एक जनाको मृ”त्यु भएको छ । हिजो बेलुकी ५ बजे लोहन्द्रा खोलामा बालुवा निकाल्न गएका स्थानिय ३९ बर्षीय जोगलाल सरदारको पानीमा डुवी मृ”त्यु भएको हो ।
पानीमा डुवी बे”होस अवस्थामा आफन्तले फेला पारेका सरदारको उपचारको लागि अस्पताल लैजाने तयारी गर्दा घरमा नै मृत्यु भएको हो ।घटना सम्वन्धमा जिल्ला प्र”हरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।