काठमाडौंको गौशाला चोकमा अचम्म भयो ! तत्काल समात्न प्रहरीले दियो तीनवटै जिल्लामा निर्देशन

काठमाडौंस्थित गौशाला चोकको जाममा एकै नम्बरमा दुई मोटरसाइकल फेला परेका छन् । पानी परिरहेको अवस्थामा बिहिबार बिहान ति दुवै मोटरसाइकल गौशाला चोक रोकिएका हुन् ।

रेनकोट ओढेका दुई व्यक्ति एउटै नम्बर प्लेटका दुई मोटरसाइकलमा बसिरहेका थिए । दुई सवारीचालक एक–अर्काको नम्बर प्लेट हेर्दै कुराकानी गरिरहेको प्रतक्षयदर्शीले बताए ।

तस्विरमा दुबै मोटरसाइकलको नम्बर प्लेटमा बागमती प्रदेश ०२२ प २३८० लेखिएको स्पष्ट देखिन्छ । प्रदिपजंग क्षेत्रीले खिचेको सो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ । तस्बिर सार्वजनिक भएसँगै उपत्यका ट्राफिक प्रहरी कार्यालयले दुवै मोटरसाइकलबारे अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानबाट एकजना चालकलाई सम्पर्कमा ल्याएर सोधपुछ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जीव शर्माले बताए । गौशाला चोकको जाममा बाग्मती प्रदेश–०२–०२२ प २३८० नम्बरका ती दुवै मोटरसाइकल सँगै देखिएका हुन् ।

यातायात व्यवस्था कार्यालयबाट विवरण ल्याएर एउटा मोटरसाइकललाई ट्राफिक प्रहरीले सम्पर्कमा ल्याएको छ । बजाज पल्सर मोटरसाइकलको नम्बर यातायात व्यवस्था कार्यालयबाट जारी भएको सक्कली नम्बर भएको पुष्टि भएको छ । ‘एकजना चालकलाई सम्पर्कमा ल्याएका छौं।

एसपी शर्मा भन्छन्–‘अर्को मोटरसाइकललाई खोजिरहेका छौं ।’सम्पर्कमा आएका चालकले अर्का चालकले गौशाला चोकमा ‘मेरो नम्बर गलत भएछ’ भनेर प्रतिक्रिया दिएको ट्राफिक प्रहरीलाई बताएका छन् । यातायातले गल्ती नम्बर दिएको पनि हुनसक्ने अनुसन्धानमा संलग्न ट्राफिक प्रहरी अधिकृतले बताए ।

Post a Comment

Previous Post Next Post