आमरण अंसनमा बसेकि निहारिकालाई करिश्मा मानन्धरले अप्नाइन्,यसरी घरै लगेर पाल्ने बाचा (भिडियो हेर्नुस)

हिजो मात्रै समाजिक सञ्जालमा निकै लामो समय देखि निरन्तर अनसन बसिरहेकी निहारिका राजपुत र उनको छोरालाई नेपाली चलचित्र जगतकी अभिनेत्री करिश्मा मानन्धरले आफूसँगै राख्न चाहेको कुरा आफ्नु सामाजिक सञ्जाल फेसबुक मार्फत बताएकी थिइन्।

त्यसको लगत्तै करिश्मा मानन्धरले आमरण अनसनमा बसेकी निहारिका राजपुतलाई आफ्नो घरमा लगेकी छन् । निहारिकासँग घरको छतमा खिचिएको एक तस्बिर सार्वजनिक गर्दै उनले निहारिकालाई घरमा लगेको जानकारी दिएकी हुन् ।

उनले आफ्नु फेसबुक स्टाटसमा यस्तो भन्दै निहारिका राजपुत सँगको फोटो सार्वजनिक गरेकी छिन्,’ धेरैले लेखेर मलाई ट्याग गर्नु भएको रहेछ कि निहारिकालाइ तपाईंको दया होइन न्याय चाहिएकोहो।सहिकुराहो तर तपाई हाम्रो साथ पाइनन भने उनले न्याय कसरी पाउलिन ।

१९ वर्षिय किशोरीले जुन हिम्मत देखाएर न्यायको निम्ति लडदै छिन उनी आफैमा शक्तिशाली छिन तर यो अवस्थामा उनलाई मानसिक र आर्थिक दुबै सपोर्ट्को आवस्यकता छ। मेरो अनुरोधछ हजुरहारुलाइ हरेक कुरालाई सकारात्मक कोणबाटहेरु । जस्ले जे भने पनि निहारिका मेरो छोरि सरह हो मेरो साथ उनीस्ंग रहने छ।’

करिश्माले बिहीबार सामाजिक सञ्जालमार्फत निहारिकालाई छोरीको रुपमा आफूले पाल्ने बताउँदै बच्चा लिएर घरमा आउन भनेकी थिइन् । ‘मेरो एउटा छोरी थियो । तिमी भयौं भने दुईटा हुन्छौ । बच्चा लिएर घर आउ । म छु’ उनले सामाजिक सञ्जालमा आग्रह गरेकी थिइन् ।

भिडियो हेर्नुस :-

Post a Comment

Previous Post Next Post