
जिल्लाको रोहिणी खोलामा बिहान भएको बस दु”र्घटनामा मृ”त्यु हुनेमध्ये ५ जनाको पहिचान खुलेको छ । जनकपुरबाट बुटवल आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस भैरहवा–परसी
हुलाकी सडक खण्डमा दु”र्घटनामा परेको थियो । उक्त दु”र्घटनामा मृ”त्यु हुने ९ मध्ये ५ जनाको पहिचान खुलेको हो । भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु हुने ५ जनामा ३ जनाको स”नाखत भएको प्रहरीले बताएको छ ।
त्यस्तै भीम अस्पतालमा मृ”त्यु भएका २ जनाको सनाखत भएको छ । प्र”हरीका अनुसार मृ”त्यु हुनेहरुमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट जिल्लाका २० वर्षीय दिनेश दास र बुटवल ११
कालिकानगरका कृष्णप्रसाद बस्याल र रुपन्देहीको ओमसतिया–४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको खुलेको छ । त्यस्तै अर्का एक भारतीय नागरिक ४० वर्षीय अरविन्द शर्माको पनि मृ”त्यु भएको प्र”हरीले जनाएको छ ।