बर्दियाको मधुवन झडपमा एक जनाकाे ज्यान गयाे, डीएसपीसहित केही स्थानीयवासी घाइते

बर्दिया – बर्दियाको मधुवन नगरपालिकामा वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक युवतीकाे ज्यान गएकाे छ ।

ज्यान गुमाउनेमा मधुवन २ कि नविना चाैधरीकाे ज्यान गएकाे हाे ।झपडका क्रममा प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित सात प्रहरी, दुई सशस्त्र र दुई सर्वसाधारण घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

झपडका क्रममा प्रहरीले दर्जनौँ सेल अश्रुग्याससहित लाठी चार्ज र रबरकाे गाेली प्रहार गरेको छ । मधुवनको ओरालीमा भएको प्रदर्शन राकिए पनि गुलरिया–राजापुर सडक खण्ड अझै बन्द छ ।

आज दिउँसो बाघको आक्रमणमा परि मधुवन नगरपालिका २ कि ४१ वर्षीया अस्मिता थारु घाइते भएपछि आक्रोशित स्थानीयवासीले प्रदर्शन गरेका हुन् ।

घर नजिकैको जङ्गलमा घाँस काट्न जाँदा थारुलाई बाघले आक्रमण गरी घाइते बनाएकाे हो । थारुको अहिले जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ ।

वन क्षेत्रमा तारबार गरी वन्यजन्तुबाट हुने आक्रमणको दिगो समाधानको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्

Post a Comment

Previous Post Next Post