
काठमाडौं महानगरका प्रमुख बालेनले स्थानीय तह निर्वाचनमा भएको आफ्नो खर्च विवरण सार्वजनिक गरेका छन् । उनका अनुसार निर्वाचन अभियान र मतगणनाका बेला गरी कुल ३ लाख ९४ हजार रुपैयाँ खर्च भएको छ ।
उनले फेसबुकमा उनले भर्खरै स्टाटस लेख्दै खर्चको विबरण सार्वजनिक गर्दै लेखेका छन्:-
खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने थियो तर विभिन्न
कारणहरुले सो ढिलो भएकोमा माफी चाहन्छौँ । हाम्रो चुनावी अभियानमा जम्मा खर्च
तीन लाख चौरनब्बे हजार चार सय उननब्बे रुपैयाँ (रु. ३,९४,४८९ /-) भएको छ ।

जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढि भएको थियो । मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महंगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ ।
र, भन्नै पर्ने कुरा छ – एउटा उम्मेदवारका रुपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन सक्दैन । त्यो अमुल्य साथ र विश्वासले दिएको जिम्मेवारी पुरा गराउँन हामी हरसमय खटिरहनेछौँ ।