
तनहुँकोमा टिप्परको ठक्करबाट स्कुटर चालकको मृ त्यु भएको छ । मृ त्यु हुनेमा बन्दीपुर गाउँपालिका-१ का २१ वर्षीया इश्वर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको टिप्परले बिपरीत दिशामा गुडिरहेको ग १५ प १४८४ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक घाइते भएका हुन् ।स्कुटर टिप्परको अगाडिको भाग मुनी छिरेको थियो । घट्ना पश्चात स्थानीयबासीले पृथ्वीराजमार्ग सडक खण्ड अन्र्तगत अवरुद्ध गरेका छन् ।
त्यस्तै काठमाडौं / रुपन्देहीमा यात्रु बस दु र्घटना हुँदा नौ जनाको मृ त्यु भएको छ। दु र्घटनामा अन्य २३ जना घाइते भएका छन (आइतबार) बिहान करिब साढे चार बजे भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा बस दुर्घटना भएको हो।
रोहिणी खोलाको पुलबाट बस टल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। मृतकहरुको सनाखत हुन बाँकी छ। दुर्घ टनामा गम्भीर घाइते भएकामध्ये ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भिम अस्पतालमा मृ त्यु भएको हो ।