
चितवन — भरतपुर महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पाैडेलले उम्मेदवारी फिर्ता लिएनन् । शुक्रबार पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने अन्तिम समय थियो ।दिनभर आफ्नाे घर
भरतपुर महानगरपालिका-७ कृष्णपुरमा समर्थ क माझ बसेका पाैडेलले उम्मेदवारी फिर्ता लिने समय सकिए लगत्तै संक्षिप्त काेणासभालाई सम्बाेधन गरे । सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल हुँदा भरतपुर महानगरकाे मेयर पद नेकपा माओवादी केन्द्रको भागमा परेपछि
चितवन कांग्रेसमा असन्ताेष चुलिएकाे थियाे । गठबन्धन बाट मेयर पदमा माओवादी केन्द्रबाट रेनु दाहाल र उपमेयरमा कांग्रे सका चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् ।
कांग्रेसका नेता पाैडेलले पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तासाझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फाेन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।
पाैडेलले नमानेपछि प्रधानमन्त्री देउवाले गृह मन्त्री बालकृष्ण खाँणलाई बुधबार भरतपुर पठा एका थिए । तर पाैडेललाई मनाउन नसकेपछि गृहमन्त्री खाँण शुक्रबार दिउँसाे मात्र काठमाडाैं फर्के ।
पाैडेलले उम्मेदवारी दिँदा कांग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकाेटा प्रस्तावक र कांग्रेस महासमिति सदस्य मिना खरेल समर्थक रहेका थिए ।
पाैडेल विसं. २०४९ सालकाे स्थानीय चुनावमा तत्कालीन भरतपुर नगरपालिकाकाे उपमेयरमा कांग्रेसबाट विजयी भएका थिए ।
उनी राष्ट्रिय सभाका सदस्य भइसकेका व्यक्ति हुन् । ७१ वर्षीय पाैडेल वरिष्ठ अधिवक्ता पनि हुन् ।
(हेर्नुस भिडियो)