सप्तकोसीमा पानीको बहाब बढ्याे, २१ ढोका खोलियो

इटहरी / सप्तकोसी नदीमा पानीको बहाब बढ्न थालेको छ । बुधबार बिहान ६ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले गरेको मापन अनुसार १ लाख ३७ हजार ७५ क्यूसेक प्रती सेकेन्ड पानीको बहाब मापन भएको हाे ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवका अनुसार ब्यारेजका ५६ ढोका मधेय अहिले २१ वटा ढोका खोलीएको छ । पहाडी क्षेत्रमा बर्षा भएसंगै कोशीमा पानीको बहाब बढ्दै गएको हो ।

Post a Comment

Previous Post Next Post