काठमाडौंको बानेश्वरमा नेकपा एमालेका नेताले….

काठमाडौंको मध्य बानेश्वरमा २०७८ फागुन २६ मा युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले युवासंघ अछामका पूर्व अध्यक्षलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अछाम घर भएका कपिल भण्डारी छन् ।फागुन २६ मा अछामको मंगल सेन नगरपालिका-३ घर भई मैतीदेवी बस्ने ३१ वर्षीय कमनसिंह बोगटीलाई भण्डारीले खुकुरी प्रहार गरेका थिए ।

उनलाई धरानबाट पक्राउ गरेर ल्याइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले बताए ।घटनामा संलग्न आरोपीलाई प्रहरीले करिब ३ महिनामा पक्राउ गरेको हो ।

खुकुरी प्रहारबाट गम्भिर घाइते भएका बोगटीको शरीरमा ४४ वटा टाँका लगाइएको थियो । बोगटी नेकपा एमाले निकट युवा संघमा आवद्ध छन् ।खुकुरी प्रहारमा कपिल भण्डारीको संलग्नता खुलेसँगै राष्ट्रिय युवा संघले उनलाई कारवाही छ । 

वैशाख १९ मा युवा संघका संयोजक किरण पौडेलले खुकुरी प्रहारमा संलग्न आरोपीलाई सो संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेर पार्टी कमिटीलाई जानकारी गराएका छन् ।

घटनास्थल महानगरीय प्रहरी वृत्त बानेश्वरको क्षेत्राधिकारमा पर्ने भएपनि बानेश्वर वृत्तका डिएसपी मिमबहादुर लामा आरोपी पक्राउ गर्न असफल भएका थिए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post