८ दिनदेखि हराइरहेका बालक ढलमा जीवितै फेला, पैदलयात्रीले ढलको ढकनीको प्वालबाट आवाज सुनेपछि गरेका थिए प्रहरीलाइ खबर

जर्मनीमा ८ दिनदेखि हराइरहेका एक बालक ढलमा जीवितै फेला परेका छन् । बीबीसीका अनुसार जोइ नामले चिनिने ती बालक १७ जुनमा पारिवारिक बगैंचाबाट हराएका थिए ।

जसका कारण प्रहरीले उनको ठूलो खोजी गरेको थियो ।उनी २५ जुनमा बिहान फेला परेका थिए । एक पैदलयात्रीले ढलको ढकनीको प्वालबाट मन्द आवाज सुनेपछि उद्धार कार्य सुरु भएको थियो ।

करिब १० मिनेटपछि दमकल र आकस्मिक चिकित्सकको टोली घटनास्थलमा पुगेको थियो । न्युजवीकका अनुसार सडकमा ढलको ढकनी उचालेपछि अग्निनियन्त्रक ढलमुनि झरेर बालकलाई माथि तानेका थिए । उक्त स्थान उनको घरबाट ३०० मिटर टाढा थियो ।

उनलाई कुन चोटपटक नलागेको र खतरामुक्त रहेको प्राप्त विवरणमा जनाइएको छ । सुक्ष्म रूपमा मानसिक असन्तुलित ती बालक लामो समयसम्म कसरी बाँचे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरेको छ ।

यो पनि पढ्नुहोस्।लुम्बिनी प्रदशेकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । वलीले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएकी छन् ।

केहि दिन अगाडी वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर वलीले उनको श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि उक्त घटनाको विषयमा छानविन गर्न सरकारले समिति समेत गठन गरेको थियो ।निकट स्रोतका अनुसार उनले छानविन समितिलाई सघाउन राजीनामा दिएको बुझिएको छ ।

गण्डकी सरकारले बढाएको गाडी कर घटाउन युवा संघको माग:गण्डकी सरकारले आगामी आर्थिक वर्षदेखि लागु हुने गरी सवारी साधनको कर अत्यधिक वृद्धि गरेको छ । किसानले खेतमा चलाउने ट्याक्टरदेखि लक्जरी गाडीसम्मको वार्षिक कर बढाइएको हो ।

सरकारले वृद्धि गरेको करका विरुद्धमा चौतर्फी आलोचना सुरु भएको छ । कांग्रेस नेतृत्वमा रहेको गठबन्धन सरकारले बढाएको करका विरुद्धमा सबैभन्दा पहिले कांग्रेसकै जिल्ला सभापतिहरुले संयुक्त विरोध विज्ञप्ति निकाले । त्यसपछि यातायात व्यवसायीले समेत कर समायोजनको माग सहित ध्यानाकर्षण पत्र बुझाएका छन् ।

एमाले निकट युवा संघ गण्डकी र अनेरास्ववियु गण्डकीले पनि सवारी कर फिर्ता लिन माग गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेर ज्ञापनपत्र बुझाउँदै दुवै संस्थाले तत्कालै बढाइएको कर फिर्ता लिन माग गरेका हुन् ।

Post a Comment

Previous Post Next Post