कार दु`र्घटना हुँदा एक बालकको मृ`त्यु, सात घा`इते

सर्लाही- सर्लाहीमा कार दु`र्घटना हुदाँ एक जना बालकको मृ`त्यु भएको छ। दु`र्घटनामा थप सात जना घा`इते भएका छन्। न्वारन(छठियार)को भोज खाएर फर्किने क्रममा कार दु`र्घटना हुँदा रौतहटको वृन्दाव

 नगरपालिका-४ हरैया बस्ने ४ वर्षीय गम्भीर यादवको घ`टनास्थलमै मृ`त्यु भएको हो।

दु`र्घटनामा परेको बिआर ०५ एआर५१३७ नम्बरको भारतीय कार अनियन्त्रित भई छठीघाट पुलबाट १५ फिट तल खसेको थियो। कारमा चालकसहित ९ जना सवार थिए। सर्लाहीको धनकौन गाउँपालिका वडा नम्बर ५ स्थित छठी घा`ट पुलमा छतौनाबाट छठियारको भोज खाएर रौतहट वृन्दावन हरैयातर्फ फर्किने क्रममा उक्त कार दु`र्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दु`र्घटनापछि कारका चालक फरार छन्। कारमा सवार अन्य सात जना घा`इतेको बरहथवास्थित एडभान्स संजीवी अस्पतालमा उपचार भइरहेको छ।घा`इते हुनेमा वृन्दावन नगरपालिका ४ हरैयाका ७० वर्षीय महेन्द्र राय, सोही ठाउँका ४ वर्षीय अमित कुमार यादव, ६ वर्षीय अनिकेत यादव, १० वर्षीय गौतम कुमार यादव, १४ वर्षीय मिरा कुमारी यादव, १७ वर्षीय शोभा कुमारी यादव, ३२ वर्षीय जितेन्द्र कुमार यादव रहेका छन्।

घा`इतेमध्ये ७० वर्षीय महेन्द्र यादवबाहेक ६ जनालाई समान्य चो`ट लागेको छ। महेन्द्रको भने शरीरका विभिन्न भागमा चो`ट लाग्नुको साथै तिघ्रा भाँचिएको प्रहरीले जनाएको छ।

Post a Comment

Previous Post Next Post