दाङबाट जाजरकोटतर्फ जाँदै गरेको ट्रक सुर्खेतको गुर्भाकोटमा दु`र्घटनामा परेको
छ । गुर्भाकोट नगरपालिका–९ भालुखोला चौपारी डाँडा नजिक आज बिहान पाँच बजेको
समयमा ना ४ ख ९७ ६१ नम्बरको ट्रक दु`र्घटनामा परेको हो ।प्रहरीका अनुसार
अनियन्त्रित भएर ट्रक ५० मिटर तल सालको रूखमा ठो`क्किएको छ ।
प्रहरीका अनुसार दाङ बोटेचौर सडक खण्डको मोडमा दाङबाट सरिया र सिमेन्ट लोडगरी जाजरकोटतर्फ जाँदै गरेको थियो ।साथै उक्त ट्रक चालक र सह–चलाक ट्रक भित्र च्यापिएको उद्धार भईरहेको प्रहरीको भनाई रहेको छ ।हाल उनिहरुको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।