
कैलालीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्। घाइते हुनेमा जिल्लाको घोडाघोडी नगरपलिका ८ लठुवाकी ५४ वर्षीया बिस्ना बोहरा रहेकी छन्।
बाघको आक्रमणबाट उनको मुख, हात र टाउकोमा चोट लागेको छ । आक्रमणबाट घाइते बोहराको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।
सोमबार बिहान लठुवा सामुदायिक वनमा घाँस काट्ने क्रममा उनलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
बाघ जङ्गलतर्फ भागेको र बोहराको घोडाघोडी अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।आक्रमण गर्ने बाघ पनि घाइते भएको र घाइते बाघको उद्धारको लागी बर्दिया राष्ट्रिय निकुञ्जलाई खबर गरी सकेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।