
लगाउँदै गरेको घरको माथिबाट सुक्खा माटो आएपछि तीन वर्षीय बालक शिशिर बोहोरा र हिमिश रावलको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो । पहिरोसँगै च्यापिएर काम गर्न गएकी रणबहादुर बोहोराकी पत्नी लक्ष्मी बोहोरा घाइते हुनुभएको छ ।
घाइते बोहोरालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको प्रहरीले जनाएको छ । मृतक शिशिर रणबहादुरका छोरा हुन् । घाइते लक्ष्मी बोहोरासँगै ती बालक सो स्थानमा गएका र खेलिरहेका थिए ।अर्का बालक हिमिश भने नजिकै नातेदारको छोरा रहेका र घर बनाउने स्थानमा खेल्न गएका थिए । गत वैशाख ९ गते राति सो गाउँपालिका–३ सार्कीबाडामा मानसिंह सार्कीको घर आगलागी हँुदा चार बालबालिकाको जलेर मृत्यु भएको थियो । सो घटना नसेलाउँदै आज डण्डेलीमा माटोबाट दुई बालकको मृत्यु भएको छ ।