गाई र भैंसीको दुधमा कुन दूध बढी पोसिलो ? जानिराखौं

दूध आफैंमा एक पोषणयुक्त पेय हो । दूधमा धेरै मात्रामा क्याल्यिसम पाइन्छ, जो

हड्डी र दाँतका लागि आवश्यक हुन्छ । 


स्वस्थ रहनका लागि चिकित्सकहरुले पनि नियमितजसो दूध पिउन सल्लाह दिन्छन् ।
दूधको कुरा गर्दा गाई या भैंसी, कसको दूध बढी फाइदाजनक हुन्छ भन्ने विषय पनि
उठ्ने गर्छ ।
 


गाई या भैंसीको दूधका आ–आफ्नै फाइदा छन् । यो आलेखमा गाई र भैंसीको दूधमा हुने
फरकपना र फाइदाको विषयमा चर्चा गरिएको छ ।
>

फ्याट

मानिसको स्वास्थ्यका लागि फ्याटको जति महत्व हुन्छ, यसको बढी प्रयोगले
त्यत्तिकै हानी पनि पु¥याउँछ । भैंसीको दूधको तुलनामा गाईको दूधमा फ्याटको
मात्रा कम हुन्छ ।
 

गाईको दूधमा ३ देखि ४ प्रतिशतसम्म फ्याट हुन्छ भने भैंसीको दूधमा ७ देखि ८
प्रतिशतसम्म फ्याट हुन्छ ।
>


पानीको मात्रा

तपाईं दैनिक पानी कम पिउनुहुन्छ र, आफूले खाने÷पिउने अन्य चिजबाट शरीरमा
पानीको आपूर्ति होस् भन्ने चाहनुहुन्छ भने गाईंको दूध पिउँदा राम्रो हुन्छ ।
गाईको दूधमा ९० प्रतिशतसम्म पानी हुन्छ ।
 

प्रोटिन

हाम्रो शरीरका लागि नभइ नहुने तत्वमा पर्छ प्रोटिन । गाईको दूधको तुलनामा
भैंसीको दूधमा १० देखि ११ प्रशित बढी प्रोटिन पाइन्छ । यद्यपि नवजात शिशू र
बृद्धबृद्धालाई भैंसीको दूध खुवाउँदा बढी प्रोटिनले केही असर पनि पु¥याउन सक्छ
 

कोलेस्ट्रोल

अहिलेका लागि दीर्घ रोगको कारणमध्ये कोलेस्ट्रोल पनि एक हो । कोलेस्ट्रोलले
रगतलाई बाक्लो बनाउँछ । जसका कारण मिर्गौला, मोटोपना, मुटुसम्बन्धी रोगबाट
पीडित भइन्छ । गाई र भैंसीको दूधमा पनि कोलेस्ट्रोलको मात्रा अलग–अलग हुन्छ

गाईको दूधको तुलनामा भैंसीको दूधमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ
 

क्यालोरी

भैंसीको दूधमा प्राटिन र फ्याटको मात्रा बढी हुन्छ, यसको अर्थ यसमा क्यालोरी
पनि बढी हुन्छ । एक अध्ययनका अनुसार २५० एमएल (मिलिलिटर) भैंसीको दूधमा २७३
क्यालोरिज हुन्छ भने गाईको दूधमा १४८ क्यालोरिज हुन्छ ।
 


अरु पनि जानकारी


यदि तपाईंलाई राति सुत्दा लामो समयसम्म निद्रा नलाग्ने समस्या छ भने एक गिलास
भैंसीको दूध पिउनुहोस्, यसले तपाईंलाई निद्रा लाग्न मद्दत पुग्ने छ ।

पनिर, खोया, दहि, खीर, ध्यू आदी परिकार बनाउनका लागि भैंसीको दूध राम्रो हुन्छ

। गाईको दूधमा चिल्लोपना कम हुने भएकाले मिठाइ बनाउनका लागि राम्रो हुन्छ

Post a Comment

Previous Post Next Post