शरीरमा भिटामिन कमी हुँदा देखिन्छन् यी पाँच लक्षणहरु, जानिराखौं


कहिलेकहि हामी आफ्नो शरीरमा हुने परिवर्तनलाई गंभिरतापूर्वक लिदैनौ । जस्तो छ,
त्यसैलाई ठीकठाक ठान्छौ । तर, यसरी शरीरमा देखिने सबै परिवर्तनलाई नजरअन्दाज
गर्न मिल्दैन । कतिपय अवस्थामा जटिल पनि हुनसक्छ ।






यदि अचानक शरीर पहेंलो हुन थाल्यो र ओंठको चमक एवं लाली हराउन थाल्यो भने
बुझ्नुपर्छ भिटामिनको कमी भयो । अतः यहाँ केहि लक्षण बताइएको छ, जोे शरीरमा
भिटामिनको कमी हुँदा देखिने गर्छ ।



१. शरीरमा पहेंलोपन



यदि अचानक तपाईको शरीर पहेंलो हुन थाल्यो भने त्यसले तपाईको शरीरमा भिटामिन
बि- १२ को कमी भएको जनाउँछ । यसबाट बच्नका लागि तपाईले भिटामिन बि-१२ ले भरपुर
खानेकुरा सेवन गर्नुपर्छ । जस्तो कि, अन्डा, समुन्द्री खाना, दुधजन्य परिकार
आदि ।



२. रुखो केस



यदि तपाईको शरीरमा भिटामिन बी-७ कमी भयो भने केस रुखो हुन थाल्छ । यसबाट
बच्नका लागि माछा, सब्जी, फल, च्याउ, दाल आदि खानुपर्छ ।



३. आँखा सुन्निनु



कहिले कहिं राम्ररी निन्द्रा नपर्दा आँखा सुन्नि सक्छ । ठीक त्यसैगरी शरीरमा
आयोडिनको कमी हुँदा पनि आँखा सुन्निछ । त्यसैले यसलाई नजरअन्दाज नगर्नुहोस् ।
बरु, आफ्नो डाइटमा आयोडिनयुक्त नुन र समुन्द्री खाना धेरैभन्दा धेरै सामेल
गर्नुहोस् ।



४. रंगहिन ओंठ



आइरनको कमीले तपाईको ओंठको रंग फिका हुनसक्छ । यसका साथै तपाईलाई हरेक क्षण
जाडो महसुष हुन्छ । यसबाट बच्नका लागि डाइटमा सिमी, दाल, मासु, हरियो सब्जीको
सेवन बढाउनुहोस् ।



५. गिजाबाट रगत बग्नु



यदि तपाइको गिजाबाट रगत निस्कन्छ भने त्यसले तपाईको शरीरमा भिटामिन- सिको कमी
भएको दर्शाउछ । यसका साथै भिटामिन सिको कमीले प्रतिरक्षा प्रणाली कमजोर हुन्छ ।
मांसपेशीमा पीडा हुन्छ । भिटामिन सिको अभाव पुरा गर्नका लागि कागति, सुन्तला,
किवी, रातो भेडे खुर्सानी जस्ता फल सेवन गरौ ।


Post a Comment

Previous Post Next Post