प्रहरीको कु,टाइबाट मतदान अधिकृत र म्यादी प्रहरीनै घाइते (भिडियो सहित)

निर्वाचन सुरक्षा खटिएका एक प्रहरीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुlटपिट गरेका छन्। पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका

नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमालासहित म्यादी प्रहरी र गाउँलेलाई कुlटपिट गरेका हुन्। भट्टको कुटाइबाट मतदान अधिकृतसहित केही म्यादी र स्थानीय सामान्य घाइते भएका छन्।

मतदान अधिकृत झाका अनुसार बुधबार राति ११ बजेदेखि बिहान ६ बजेसम्म भट्टले आफूसहित सहायक मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुlटपिट गरेको बताए। ‘मदिरा सेवन गरेर सुरुमा मतदानस्थल नजिकैको गाउँमा गएर गाउँलेलाई कुlटपिट गरेछन्,’ झाले भने, ‘त्यहाँबाट प्रहरीले उद्दार गरेर हामी सुतिरहेको घरमा ल्याएपछि हामीमाथिनै कुlटपिट भयो।

मदिरा सेवन गरेका वरिष्ठ सई भट्ट बुधबार राति ११ बजेतिर धनबोट गाउँ पसेका थिए। त्यहाँ चार जना स्थानीयको घरभित्र पसेर हlतियार देखाउँदै उनले कुlटपिट गरेका थिए। ‘राति गाउँले जम्मा भएर त्यहाँबाट उनलाई लखेटेछन्,’ मतदान अधिकृत झाले भने, ‘त्यसपछि प्रहरी र म्यादी प्रहरीले उनको उद्दार गरेर हामी सुतिरहेको घरमा ल्याएका रहेछन्।

मतदान अधिकृतसहित निर्वाचन सम्पन्न गराउन गएको टोली सुतेको घरमा पुगेपछि उनले सुरुमा मतदान अधिकृत र सहायक मतदान अधिकृतमाथि हातपात गरेका थिए। ‘हतिlयार पहिलेनै उनकै सहकर्मी प्रहरीले खोसेकाले ठूलो घlटना हुन् पाएन्,’ उनले भने, ‘नभए गोlली हानेर धेरैको ज्यान लिन सक्थे।

मतदान अधिकृतसहितलाई हातपात गरेर घर बाहिर आएका भट्टले सुरक्षामा खटिएका प्रहरी र म्यादीमाथि पनि हातपात गरेका थिए। ‘विहान ६ बजेतिर इलाका प्रहरी कार्यालय बावियाचौरबाट थप प्रहरी र सशस्त्र प्रहरीको बल आएपछि उनलाई नियन्त्रणमा लिएर गयो,’ मतदान अधिकृत झाले भने, ‘यस्तो असुरक्षामा कसरी मतदान भयरहित वातावरणमा सम्पन्न गर्ने हो ?’

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post