लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा एकै दिन एक जना बालकसहित पाँच जना मृ(त फेला परेका छन् । तीमध्ये ४ जना पानीमा डुबेको अवस्थामा मृ’त फेला परेका हुन् ।
रुपन्देहीको देवदह नगरपालिका-३ टटेरा डाँडा टोलस्थित रोहीणी नदीमा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका-७ मदनग्राम बस्ने मनोज थापाकी छोरी १६ वर्षीया दीपा थापाको मृ’त्यु भएको छ ।
यस्तै बर्दियाको गेरुवा गाउँपालिका-१ सरखोल बस्ने ७५ वर्षीया राजमती थरुनी आफ्नै घरबाट करिब ३ किलोमिटर टाढा कुलोको पानीमा मृ’त अवस्थामा फेला परेकी छन् ।
आइतबार नै गुल्मीको छल्दी खोलामा माछा मार्ने क्रममा एक पुरुषको डुबेर मृ’त्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका २ का ४९ वर्षीया ज्ञानकुमार कुमालको डु’बेर मृ’त्यु भएको हो । यस्तै अर्घाखाँचीको सितगंगा नगरपालिका-१३ छत्याङका १२ वर्षीय मनोज बिक जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पूर्वी नवलपरासीमा हिजो एक पुरुष नारायणी नदिमा डुबेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा कावासोती नगरपालिका १३ पिठौली बस्ने २५ वर्षिय प्रकाश भुषाल रहेका छन् ।
प्रहरीका अनुसार मलामी गएको बेला पौडी खेल्न गएको बेला डुबेर भुषाल बेपत्ता भएका हुन् । निजलाई अझैसम्म फेला नपारेको र खोज तलास भईरहेको प्रहरीले बताएको छ’ खोज तलाशमा प्रहरीको जारि रहेको पनि बताएका छन् ।