उग्र बन्दै माओवादी कार्यकर्ता, शिक्षकलाई दाँतै झर्ने गरी कुटे पछि...

काठमाडौं । माओवादी कार्यकर्ताले शिक्षक कुटेका छन् । आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी गठबन्धनमा छन् ।

यी दललगायत सत्ता गठबन्धनको स्थानीय निर्वाचनका लागि धेरै जिल्लामा चुनावी तालमेल रहेको छ ।तर, रुकुम पश्चिम यस्तो जिल्ला हो, जहाँ माओवादी केन्द्रका कार्यकर्ताको व्यवहार र धङ्धङ्गी सशस्त्र युद्धकालकै जस्तो देखिएको छ ।

ऊ एक्लै चुनावी मैदानमा उत्रेको छ । अन्य पार्टीलाई माओवादीले कहिल्यै मित्रवत व्यवहार नगरेको आरोप लाग्ने गरेको छ । जिल्लामा माओवादीले दादागिरीको राजनीति गर्छन् ।

त्यहाँ दिनहुँ फरक विचार र आस्था राख्ने पार्टीका कार्यकर्तालाई कुटपिट गर्ने कार्य सुरु भएको जनाइएको छ । गत बुधबार र बिहीबार कांग्रेस कार्यकर्ता कुटेका माओवादीले शुक्रबार एमाले निकट एक शिक्षकलाई दाँतै झर्ने गरी कुटपिट गरेको खुल्न आएको छ ।

त्रवेणी गाउँपालिका–८ का ३९ वर्षीय लोकबहादुर खड्कालाई रक्ताम्य हुने गरी माओवादी कार्यकर्ताले कुटपिट गरेका हुन् । जिल्ला प्रहरी प्रमुख डीएसपी विष्णुप्रसाद सोतीले यसबारे जानकारी गराउनुभयो ।

स्थानीय शुभप्रभात आधारभूत विद्यालयमा कार्यरत खड्काको कान, नाक र मुखमा चोट लागेको छ । माओवादीको युवा दस्ता वाईसीएल कार्यकर्ताको मुक्का प्रहारबाट घाइते खड्काको एउटा दाँतसमेत झरेको छ । घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

Post a Comment

Previous Post Next Post