लाम्चो अनुहार भएका व्यक्तिभन्दा चौडा अनुहार भएका व्यक्ति बढी आक्रामक


सामान्यतया मानिसको अनुहार हेरेर स्वभाव थाहा हुन्छ भनिन्छ । तर के साँच्चिकै
अनुहार आकार हेरे मान्छेको स्वभावबारे थाहा पाउन सकिन्छ त ?







यो आम भनाइलाई अस्ट्रेलियाको युनिभर्सिटी अफ न्यु साउथ वेल्सका शोधकर्ताले
अनुसन्धान गरेका छन् । उनीहरुको अनुसन्धान अनुसार अनुहारको आकार लाम्चो भएका
महिलाको तुलनामा चौडा आकार भएका महिलाहरु बढी आक्रामक हुन्छन् ।



पासपोर्टका माध्यमबाट अनुसन्धान



अनुसन्धानका क्रममा ६ देखि ९३ वर्षसम्मका १७ हजार बढी महिला पुरुषको
पासपोर्टमा भएको फोटोबाट उनीहरुको अनुहारको लम्बाइ र चौडाइको अनुपात निकालिएको
थियो । उनीहरुबाट आक्रामकताको आधारमा प्रतिक्रिया लिइएको थियो ।



प्रतिक्रिया लिएकामध्ये चौडा अनुहार भएकाहरुको व्यवहार आक्रामक रहेको पाइयो ।
लामो अनुहार भएकाहरु अनुसन्धानमा कम आक्रामक भएको पत्ता लाग्यो ।



२७ देखि ४० वर्षका पुरुषको अनुहारको चौडाइ र लम्बाइको तुलनामा अधिक हुन्छ भने
ठीक विपरीत ४० वर्षभन्दा माथिका महिलामा यो अनुपात बढी देखिन्छ । शोधकर्ताले
युवा पुरुषको चौडा अनुहारलाई बढी आक्रामक मान्नुको पछाडि शारीरिक मजबुतीको कारण
रहेको बताएको छ ।



बढी ‘फेसियल विड्थ टु हाइट’ (एफडब्ल्युएचआर) अनुपातलाई अनुहारको चौडाइलाई
लम्बाइले भाग गरेर निकालिन्छ । अनुहारको लम्बाइलाई माथिल्लो ओठबाट आँखाको
माथिल्लो बिन्दुसम्म नापेर निकालिन्छ । बढी उमेरका चौडा अनुहार भएका महिलाहरु
बढी उग्र र आक्रामक हुने अनुसन्धानले देखाएको छ ।



अध्ययनले बढी ‘फेसियल विड्थ टु हाइट’ भएकाहरु घरेलु हिंसामा लिप्त हुने आशंका
बढी रहने देखाएको छ । यस्ता मुखाकृतिलाई पुरुषत्वसँग जोडेर हेरिन्छ । दैनिक
भास्करबाट


Post a Comment

Previous Post Next Post