आजको राशिफल : वि.सं. २०७९ वैशाख २५ गते आइतवार : श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ वैशाख २५ गते आइतवार तदनुसार ई. सं. २०२२ मई ०८ तारिख, नल नामक संवत्सर, शाके :– १९४४, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४२, (वछलाथ्व), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय :

बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०६:३१ बजे, चन्द्रोदय : दिउँसो ११:१० बजे र चन्द्रास्त : मध्यरात्रीपूर्व ११:०३ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२२ बजे र सूर्यास्त : साँझ ०६:४१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२६ बजे र सूर्यास्त : साँझ ०६:४७ बजे, वैशाख शुक्लपक्षको सप्तमी तिथि, दिउँसो ०१:२७ बजेसम्म, त्यसपछि अष्टमी तिथि,पुष्य (तिष्य) नक्षत्र, दिउँसो १२:०० बजेसम्म, त्यसपछि अश्लेषा नक्षत्र, चन्द्रमा कर्कट राशिमा (अहोरात्र व्याप्त),गण्ड योग, साँझ ०५:५८ बजेसम्म, त्यसपछि बृद्धि योग, सुरुमा वणिज करण दिउँसो ०१:२७ बजेसम्म, त्यसपछि विष्टि/भद्रा करण मध्यरात्रीपछि ०२:०८ बजेसम्म, अन्तिममा बब करण, (भद्राको वास : पृथ्वीतल/भूमिलोक), आनन्दादि योग : श्रीवत्स, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा :

उत्तर, योगिनीदिशा : वायव्य (दिउँसो ०१:२७ बजेसम्म), त्यसपछि ईशान, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये चोर वाण : सूर्योदयपूर्व ०३:०४ देखि भोलि बिहान ०३:५७ सम्म, कालराहु चक्रमा कालको दिशा : उत्तर र पाशको दिशा : दक्षिण, आज : रवि सप्तमी व्रत (आइतवारको नयाँ व्रत सुरु गर्न उपयुक्त दिन), गङ्गासप्तमी, गङ्गोत्पत्ति, रेडक्रस दिवस, आजको मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), द्रव्यप्रयोग (लगानी), कलशचक्र

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २६ गते : अष्टमी व्रत, गोरखकाली पूजा, श्री पशुपतिनाथमा दमनार्पण, कानुन दिवस, मुहूर्त : शुभविवाह, अग्निवास (यज्ञ र हवनादि), कलशचक्र, २७ गते : श्री सीता जयन्ती, मुहूर्त : शुभविवाह, शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कलशचक्र, २८ गते : मुहूर्त : शुभविवाह, व्रतबन्ध, अग्निवास (यज्ञ र हवनादि), कलशचक्र

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

कुरा काट्ने र खुट्टा तान्नेहरू सक्रिय हुने समय छ । स्वास्थ्यस्थितिमा पनि सामान्य असर पर्नसक्ने दिन हो, आहारविहारमा ध्यान पुर्याएको जाती हुन्छ । अचल सम्पत्ति, शेयर कारोबार, घरेलु प्रयोजनका सामाग्री र भोगविलासका क्षेत्रबाट फाइदा लिन सकिने छ । थोरै समय घरपरिवारमा खर्च गरेको जाती हुन्छ । घरभित्रका झिनामसिना काममा व्यस्त रहँदा समय बितेको पत्तो पाइँदैन, तर सानातिना र बेकामे कुरामा मन अल्झियो भने निराश हुनुपर्छ, सचेत हुनुपर्छ । 

आजको भाग्यबल २० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ग्रामदेवताभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अरुका समस्यामा दौडधूप गर्नुपर्ने समय छ, यसरी सहयोग गर्ने हुँदा अध्ययनमा बाधा पुग्नसक्छ, तर पनि सन्तुष्टि प्राप्त हुने दिन हो । धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुनुपर्ने समय छ, दु:खमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुने समय छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सफलता हासिल हुनेछ, त्यस्तै देखिएका चुनौती निवारण गर्न सहकर्मी वा हाकिमको सहयोग प्राप्त हुनेछ ।

आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ विघ्नविनाशिने नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

एकआपसमा भेटघाट हुने र रमाउने वेला छ, तर बोल्दा निकै विचार पुर्याउनु होला, ससाना कुरामा पनि नोकझोक बढ्ने समय छ । नयाँ र नौलो विषयमा चासो नदेखाउनु होला, कतै धन लगानी गर्न पनि ठीक समय छैन, कतिपय अवस्थामा दैनिकी सञ्चालनका क्रममा समेत चुनौती र बाधा झेल्ने दिन हो । स्थिर कारोबारका माध्यमबाट लाभ लिन सकिने छ । कला, कविता र साहित्यमा रूचि बढ्नेछ तथा यस क्षेत्रकै व्यवसाय छ भने राम्रो मुनाफासमेत हुनेछ ।

आजको भाग्यबल ६५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्राय: सबै काममा तपाईंकै संयोजकत्व र भूमिका रहने देखिन्छ, तर पनि केही समय व्यक्तिगत खुसी र आन्तरिक आवश्यकताका लागि छुट्याउनुपर्ने हुन्छ । उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ, तर स्कूले विद्यार्थीमा उच्छृङ्खलता बढ्नसक्छ, सचेत हुनुपर्छ । भौतिक सुख र प्रतिष्ठाबृद्धिको चिन्ताले सताउने समय छ । चाहेको उपलब्धि प्राप्त हुनेछ, तर पनि महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ ।

आजको भाग्यबल ९५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नम: न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कार्यालयमा कामको चाप बढेको देखिन्छ, तर पारिवारिक समस्या हल गर्न काममा खट्ने अनुकूलता मिल्दैन । सहयोगी कर्मचारी र हाकिम रुष्ट हुने दिन हो । आफूलाई चित्त नबुझेको कुरालाई राम्ररी पहिल्याएर भन्न सकेमा मनको तुस हटेर जानेछ र सुखानुभूति मिल्नेछ । मन उदासीन हुने र जीवनीशक्तिमा कमी भएको अनुभव हुनेछ । व्यर्थको चिन्तन र निराशामा घोरिनुभन्दा कर्मशील हुनु राम्रो हो ।

आजको भाग्यबल ६५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महाकालाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आन्तरिक सम्बन्ध सुदृढ हुने तथा एकआपसमा राम्रो समझदारी कायम हुने दिन हो, कुरा काट्ने, खिसीट्युरी गर्ने वा प्रतिस्पर्द्धीहरू आफैं तर्किएर हिँड्नेछन् । नयाँ ठाउँको यात्रा वा नयाँ मित्रको सङ्गतबाट आनन्द लिने समय हो । प्रतिष्ठित व्यक्तिलाई मित्र बनाउन पाउँदा दङ्ग पर्न सक्नुहुन्छ । सरकारी काम, ठेकापट्टा वा अन्य कुनै कारोवार छ भने अड्किएको काम फुकाउन सकिने दिन हो । प्रयास गरेमा आज जुनसुकै क्षेत्रमा लाभ पाउन सकिन्छ ।

आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हिरण्यगर्भाय नम: न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ भने कडा परिश्रमपछि मात्र सफलता पाइने समय भएकाले अध्ययनमा लागी पर्नु उचित हुन्छ । लामो समयदेखि गर्न नभ्याएको कुनै काम टुङ्गोमा पुर्याउन प्रयास गरिने छ, तर अरुको आश नगरी आफ्नो काममा आफैं तन्मय भएर लागिपर्नु उचित हुन्छ । बहुप्रतीक्षित महत्त्वाकाङ्क्षा सिद्ध हुने दिन हो । हाकिम वा नेतृत्व पङ्क्तिका विशिष्ट व्यक्तित्वको सहयोग जुटाउन सकिन्छ ।

आजको भाग्यबल ८५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अनन्ताय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

हाकिम वा सिनियर कर्मचारीबाट स्यावासी पाउने दिन हो । आज घरमा सम्पर्क राखी मातापिताको आशीर्वाद लिएको जाती हुन्छ । भाग्यले साथ दिने समय छ, आज गरेको सानो प्रयत्नले ठूलो काम बनाउन सक्नुहुन्छ । मन धार्मिक र दार्शनिक क्रियाकलापमा आकर्षित बन्नसक्छ । घरपरिवारका सदस्यहरुसँग पूर्ण समय हर्षोल्लासका साथमा बित्नेछ । पतिपत्नी एकसाथ कतै घुमघाममा वा किनमेलमा जाने अनुकूलता मिल्नेछ ।

आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

वैदेशिक प्रयोजनको कुनै व्यवसायिक यात्रामा निस्कन अनुकूल समय रहेको छ । अप्ठ्यारो धन उकास्नु छ वा टाढा पुगेर कुनै लगानी उठाउनु छ भने प्रयास गर्नुहोला । कामको चाप र दायित्व बढ्दै जाँदा शरीरमा कमजोरी देखिन सक्छ, व्यवहारिक जिम्मेबारीमा मात्र होइन, आफ्नो तन्दुरुस्ती र स्वास्थ्यको पनि ख्याल राख्ने समय हो । बारम्बार नकारात्मक धारणामात्र आइरहने समय हो । कसैको कुरामा वा बहकाउमा नफँस्नु होला, तपाईंको भावनाको कदर हुनेछैन ।

आजको भाग्यबल १५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि

व्यस्त दिनचर्याबाट टाढा रहेर स्वयं आफ्ना निमित्त अधिकतम समय बिताउने परिस्थिति छ, आफूभित्रको चलाखीपन र बुद्धिकौशलका माध्यमबाट जस्तै चुनौती देखिए पनि हल गर्न सकिने छ । कार्यक्षेत्रमा निकै खट्नु परे पनि मनमा सन्तुष्टिको आभास हुनेछ, आज आफन्तसँग वा घरपरिवारमा केही समय बिताउनु राम्रो हुन्छ । लामो समयपछि कतै एकान्तमा बस्न पाउने र रमाउने समय छ, आफ्ना कुरा सुनाउनुभन्दा पार्टनरका भावना बुझ्ने प्रयास गर्नुहोला ।

आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गृहदेवताभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

खानपान र व्यायामको अनुशासनमा नरहनाले स्वास्थ्य कमजोर बन्नसक्छ, आर्थिक पक्ष तथा झैझगडा/कलहप्रति पनि सावधान रहनुपर्ने हुन्छ । मायाप्रेममा कमी आउने छैन । साथीभाइसँग सहयोगी र मिलनसार बन्ने प्रयास गर्नुहोला, आफूभित्रको निरङ्कुशता, घमण्ड र अहङ्कार हाबी हुने समय हो । आपसी समन्वय र भेटघाटको राम्रो दिन छ, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ ।

आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नागदेवताभ्यो नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

पुस्तक, शिक्षाक्षेत्र, छापाखाना, कन्सल्टेन्सी र वस्त्राभूषणको कारोबारबाट लाभ लिने दिन हो, केही धनरकम छोराछोरी र भाइबहिनीका लागि खर्च गर्नुपर्ने हुन्छ । छोराछोरीको क्रियाकलाप र उन्नति/प्रगति देखेर दंग पर्ने तथा सुखानुभूति हुने दिन हो । परिवारजनको सहमति जुट्नाले चिताएको काम सम्पन्न गर्न सकिने छ । रचनात्मक समय हो, विज्ञानप्रविधिको कुनै क्षेत्रमा वा अनुसन्धान गर्ने छात्रछात्राहरूले केही गर्नसक्ने राम्रो समय छ ।

आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )


Post a Comment

Previous Post Next Post