दार्चुलामा एमाले र सत्ता गठबन्धनबीच झ,ड,प, वडा अध्यक्षका उम्मेदवार घा,इ,ते

दार्चुलाको दुहु गाउँपालिका–५ मा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा वडा अध्यक्षका एमाले उमेदवार मानसिंह बडाल लगायत घाइते भएका छन् ।

उहाँको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।मंगलबार बेलुकी प्रचारबाट फर्किने क्रममा झडप भएको थियो ।

एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले सत्ता गठबन्धनका कार्यकर्ताहरुले वडाअध्यक्षका उम्मेदवार बडालसँगै मानसिंह बडाल, विरेन्द्र महरा, लालसिंह महरा लगायतलाई कुटपिट गरी घाइते बनाएको बताउनुभयो । उहाँले दोषीलाई पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन माग गर्नुभएको छ ।

Post a Comment

Previous Post Next Post