
पाल्पा – पाल्पामा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।गएराति करिब एक बजेतिर भएको आगलागीबाट रैनादेवी छहरा गाउँपालिका ४ का ७९ वर्षीय मानबहादुर सोमैको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमै घरमा एक्लै बस्दै आएका थिए। आगलागीबाट घर पूरै जलेर नष्ट भएको छ।आगलागीको कारण भने खुलेको छैन।