पालुङटार नगरपालिका ९ को कामी डाँडामा नेपाली कांग्रेसका उम्मेदवारसहित नेता, कार्यकर्ता चढेको कार दुर्घटना भएको छ ।प्रदेश ३–०१–०२४ च १५४० नम्बरकाे कार ब्रेक फेल भएर अनियन्त्रित हुँदा सडकमै पल्टिएको हो ।
कारमा कांग्रेसका तर्फबाट वडा नम्बर ९ का अध्यक्षका उम्मे दवार भेजराज पाण्डे, कांग्रेस गण्डकी प्रदेशकी सदस्य रविक ला खनाल, मोदनाथ मरहट्टा लगायत नेता चढेका स्थानीयवासी आमोस लामाले बताउनुभयो ।
रामज्योति प्रावि मतदान केन्द्र पुगेर फर्कन लागेका बेला ओरा लो बाटोमा कार ब्रेक फेल भइ अनियन्त्रित भएर पल्टिएको उहाँले जानकारी दिनुभयो । कारमा चढेका सबैको अवस्था सामान्य रहेको छ ।