वैशाख ३ गतेदेखि हराइरहेका प्रहरी हवल्दारको शव यस्तो अवस्थामा फेला

पाँचथर — पाँचथरको कुम्मायक गाउँपालिकामा प्रहरीको बर्दी लगाएको बेवारिसे शव भेटिएको छ । कुम्मायक १ ओर्दिन भन्ने स्थानमा भेटिएको शव।

जिल्ला प्रहरी कार्यलय पाँचथरमा कार्यरत प्रहरी सहायक हवल्दार खगेन्द्र श्रेष्ठको हुनसक्ने स्थानीयले अनुमान लगाएका छन् ।यासोक बजारमा लाग्ने त्रिसाली मेलामा सुरक्षार्थ खटिएका श्रेष्ठ वैशाख ३ गतेदेखि हराइरहेका थिए । डियुटी समयमै यासोक बजारबाट हराएका उनको खोजी भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।

आइतबार दिँउसो बाटो नजिकै मोबाइल सेट फेला पारेपछि स्थानीयले आसपासमा हेर्दा प्रहरीको बर्दी लगाएका व्यक्तिको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) राकेश थापाले प्रहरी हवल्दार हराइरहेको भए पनि शव सड्ने अवस्थामा पुगेकाले परिवारका सदस्यको उपस्थितिबिना पहिचान गर्न कठिनाइ भइरहेको बताए । उनका अनुसार श्रेष्ठको परिवारका सदस्यलाई झापाबाट बोलाइएको छ ।

Post a Comment

Previous Post Next Post