कांग्रेश पार्टी कार्यालयमा घट्यो दुखद: घटना, सबै स्तब्ध

काठमाडौँ। पोखराका विभिन्न वडाको नेतृत्व छाडेको भन्दै असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताहरूले पार्टीको प्रदेश कार्यालय तोडफोड गरेका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

गठबन्धनको पत्रकार सम्मेलनमा नाराबाजी गरेका कार्यकर्ताहरु पत्रकार सम्मेलन सकिएलगत्तै प्रदेश कार्यालय पुगेर तोडफोड गरेका हुन्।तोडफोडबाट प्रदेश कार्यालयमा क्षति पुगेको छ।कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीका अनुसार तोडफोडमा संलग्न २३ जनालाई पक्राउ गरिएको छ।

क्षतिको विवरण आउन बाँकी भएको उनले जनाए।माओवादी केन्द्रले पोखराका ३३ वटै वडामा कांग्रेसले एकलौटी उम्मेदवार उठाएको र आफूले भाग नपाएको भन्दै विरोध जनाएपछि गठबन्धनले माओवादीलाई पनि केही वडाको नेतृत्व दिने सहमति गर्न लागेको भन्दै कांग्रेस कार्यकर्ता विरोधमा उत्रिएका हुन्।

पोखरामा कांग्रेसविरुद्ध आफ्नै कार्यकर्ताको नाराबाजी, माओवादीको अविश्वास: पोखरामा गठबन्धन दलको घोषणा पत्र सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलन स्थलको गेटमा असन्तुष्ट कांग्रेस कार्यकर्ताले नाराबाजी गरेका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Post a Comment

Previous Post Next Post