काठमाडौंको पेप्सिकोलामा घट्यो दुःखद घटना

काठमाडौं काठमाडौंको पेप्सीकोलामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पेप्सीकोलास्थित सडकमा रोकिराखेको बा.२१ च ८८९५ नम्बरको गाडीमा बा.३९ प 

५१८० नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार राति दुर्घटना भएको थियो।मोटरसाइकल चालक काठमाडौं कोटेश्वर बस्ने कालिकोट तिला गुफा नगरपालिका घर भएका २० वर्षीय धर्मेन्द्र बमको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पेप्सीकोलास्थित मडरल्याण्ड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि केएमसी अस्पताल रिफर गरिएको छ।गाकडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post