तालुमा नक्कली कपाल टाँसेर कपाल भित्र सुन लुकाएर ल्याउने व्यक्ति पक्राऊ, तरिका देखेर प्रहरी नै चकित.. (हेर्नुहोस भिडियो)

अबुधाबीका एक यात्रुलाई नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय (आईजीआई) विमानस्थलमा आफ्नो विगमा (नक्कली कपालमा) ३०.५५ लाख रुपैयाँको सुन तस्करी गर्ने प्रयास गरेको आरोपमा मुद्दा दायर गरिएको छ।

यात्रुलाई आईजीआई विमानस्थलको टर्मिनल ३ मा पक्राउ गरिएको भन्सार आयुक्तको कार्यालयले जनाएको छ । करिब ६३०.४५ ग्राम तौल भएको सुन मानिसको विग र मलद्वारमा लुकाइएको थियो ।

भन्सार अधिकारीले उनको विग मुनिबाट सुन बरामद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा कपाल खौरिएपछि उनको कपालमा सुनको ढिस्को कति सावधानीपूर्वक राखिएको थियो भन्ने देखाइएको छ।

अधिकारीहरूले सावधानीपूर्वक विग निकाले र सुन बरामद गरे। ती व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

यसअघि जनवरीमा दुबईबाट दिल्ली विमानस्थलमा आएका एक भारतीय यात्रुको छालाको बेल्टमा लुकाएर राखिएको एक करोड रुपैयाँभन्दा बढीको सुन भेटिएपछि पक्राउ परेका थिए ।

भिडियो हेर्नुहोस्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post